नेकपामा प्रस्तुत ३८ बुँदे प्रस्ताव मार्गचित्र तर १९ बुँदे आरोपपत्र : मन्त्रि कृष्ण गोपाल श्रेष्ठ

कपन अनलाइन

भक्तपुर,मंसिर २९।

सहरी विकास मन्त्रि कृष्ण गोपाल श्रेष्ठले नेकपाको सचिवालयमा प्रस्तुत भएकाभएको ३८ बुँदे प्रस्ताव पार्टीको  मार्गचित्र रहेको तर १९ बुँदे प्रस्ताव  आरोपपत्र रहेको बताएका छन।

आइतवार भक्तपुरको चाँगुनारायण नगर  अस्पतालको उद्घाटन गर्दै मन्त्रि श्रेष्ठले नेकपाको सचिवालयमा प्रस्तुत भएका प्रस्तावहरुको वारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री केपि ओलिले प्रस्तुत गरेको ३८ बुँदे प्रस्तावलाई नेपाली जनता र नेकपाका समर्थक हरुले पार्टीको आगामी मार्ग चित्रका रुपमा लिएको बताएका छन भने अध्यक्ष पुष्प कमला दाहालले प्रस्तुत  गरेको १९ बुंदे प्रस्ताव आरोप पत्र रहेको बताएका छन।

नेकपाको वर्तमान विधानमा अल्पमत र बहुमतको कुनै प्रावधान नरहेको भन्दै श्रेष्ठले प्रधानमन्त्री केपी ओली अर्को महाधिवेसन नभएसम्म अध्यक्ष र अर्को निर्वाचन नभएसम्म प्रधानमन्त्रीमा रहने धारणा राखेका छन।

प्रधानमन्त्री ओलिको प्रस्ताव नेकपाका हरेक कार्यकर्ता र जनताले अध्ययन गर्नुपर्ने सामाग्री रहेको बताउदै मन्त्रि श्रेष्ठले यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउन सहयोगबढाउने  जनताको प्रतिक्रिया र भावना रहेको बताएका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।