बुढानिलकण्ठ -११ त्रिवेणी चोकमा कुसुम कुमार कार्की ,यातायात र प्रहरी बिट स्थापनाका लागि छलफल

कपन अनलाइन

काठमाडौं ,मंसिर २९।

काठमाडौं क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को त्रिवेणी चोकमा स्थानीयहरु संग छलफल गरेका छन ।

बुढानिलकण्ठ नगरपालिका ,गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाको संगम स्थल त्रिवेणी चोकमा भएको स्थानीयहरु संगको अन्तरक्रियामा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई सहित स्थानीय टोल सुधार समितिका पदाधिकारी र स्थानीयहरुको उपस्थिति रहेको थियो।

सो क्षेत्रमा यातायात सेवा संचालन ,ढल विस्तार र विकास तथा शान्ति सुरक्षाका लागि प्रहरी बिट स्थापनाका लागि छलफल गरिएको वडा नं ११ का अध्यक्ष राजु अधिकारीले बताएका छन।

तपाइँको प्रतिक्रिया ।