भावुकताको लय : तिलक पोख्रेल (कविता )
कपन अनलाइन
काठमाडौं ,मंसिर २९।
निद्राबाट ब्यूझन नखोजेको
एउटा प्रभात
अनिदो हुन सकेको छैन
या स्वाङ पारिरहेको छ
थाहाछैन
टूलटूल हेर्दै संसारलाई
विस्तारै निल्न खोजेको छ
टुहूरो सूर्य
जसले आफ्नो प्रेमिकालाई
विदा दिएको क्षण बाहेक
अरूबेला दर्शन त के
सम्झन पनि सक्दैन….
लालच र तृष्णाले अतृप्त
एउटा यौवन नदी
तटहरूको नजिकिदैं
जिस्किदैं प्यास बुझाएको छ
थोरै थोरै किनारको गालामा
आफ्नो इच्छा पोख्दै……
अधूरो साँझको अपूरो लय
जून किरीले भरिदिएको हो
र पनि गुणगान भने
उही चन्द्रमा र तारालाई मात्र
सूर्यको प्रकाशलाई
छेक्न भरसक प्रयास
नगरेको हैन मेघले
निरासको तापले
पोलेर कालो हुंदै
धर्तीमा पछाडिनु मात्र
परिणामा भयो………
कतिवटा छन्
हामीले भूलेका गीतहरू
गाउननसकेका लयहरू
कोर्न नसकेका व्यथाहरू
यी सबै भावुकताक लय हो
मात्र भावुकताको…
(म्यान्मार)
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक