महानगरीय प्रहरी प्रभाग थली प्रांगणमा हात धुने पानी ट्यांकी जडान
कपन अनलाइन
काठमाडौं मंगसिर २८ ।सहि तरिकाले साबुन पानीले हात धुनुलाई कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी मानिएको छ ।नेपालमा कुल जनसंख्याको आधा भन्दा धेरैको पहुँचमा साबुन पानीले घरमै हात धुने सुविधा छैन ।यो महामारी फैलिंदै गरेको अवस्थामा कोभिड-१९ को रोकथामका लागि हात धुनुको महत्व बारे जानकारी दिनुको साथै कोरोना भाइरस संक्रमण रहित बनाउने उदेश्यले समुदाय प्रहरी साझेदारी अन्तर्गत महानगरीय प्रहरी प्रभाग थलीको प्राङ्गणमा हात धुन सावुन, ह्यान्डवास, स्यानीटाइजरसहितको पानी ट्यांकी जडान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी काठमाणडौं शाखा तथा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले महानगरीय प्रहरी प्रभाग थली संगको सहकार्यमा ५०० लि.को पानी ट्यांकी सहित साबुन ह्याण्ड वास र स्यानीटाईजर उपलब्ध गराएको महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्काले जानकारी गराए।उनले उक्त ट्यांकी सहित को हात धुने सामग्री जडान गरि संचालनमा ल्याएको पनि जानकारी गराए उनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरेर साबुन पानीले हात धुने अभियान समेत संचालन गर्दै आएको बताए ।