काठमाडौं महानगरपालिकाका ३० चोकमा सेवाग्राहीको पृष्ठपोषण संकलन केन्द्र

काठमाडौं महानगरपालिकाका ३० चोकमा सेवाग्राहीको पृष्ठपोषण संकलन केन्द्र
कपन अनलाइन
काठमाडौं ,मंसिर २८।
काठमाडौं महानगरपालिकाले  २६ औं महानगर दिवसका अवसरमा सेवाग्राहीको पृष्ठपोषण संकलन केन्द्र स्थापना गरेर सुझाव संकलन गरिरहेको छ।
काठमाडौं महानगरपालिकालेमंसिर २७ ,२८ र २९ गते सहरका विभिन्न ३० वटा चोकमा वुथ राखेर सेवाग्राही सँग पृष्ठपोषण लिनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बुथमा रहने  कर्मचारीले महानगरवासीको सुझाव संकलन गर्नेछन ।
बुथमा स्थानीय सरकार, सहरी सेवा सुविधा वितरणजस्ता जनचासो र शासन व्यवस्थापनसँग सम्बन्धित  प्रश्नहरुको उत्तर दिने सेवाग्राहीलाई    स्वास्थ्य सामाग्री उपहार स्वरुप प्रदान गरिने महानगरपालिकाले जानकारी दिएको छ  ।
काठमाडौं महानगरपालिकाका  बौद्ध, चावहिल, पशुपति क्षेत्र परिसर, बानेश्वर, कोटेश्वर चोक, कोटेश्वर भाटभटेनी, पेप्सीकोला, बत्तीसपुतली, गोङ्गबु, महाराजगञ्ज, लैनचौर, टंगाल भाटभटेनी, नक्साल नन्दी स्कूल अगाडि, सुकेधारा, माछापोखरी, बनस्थली, सोह्रखुट्टे, क्षेत्रपाटी, स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, काठमाडौं मल अगाडि, बसन्तपुर, बागबजार, रत्नपार्क, राष्ट्रिय सभा गृह, पुतलीसडक, मैतीदेवी, ज्ञानेश्वर रातोपुल क्षेत्रमा रहेका सुझाव संकलन केन्द्र रहेका छन।
तपाइँको प्रतिक्रिया ।