उत्तर बाहिनी बहुउदेश्यीय सहकारीसंस्था लिमिटेडको १२औ बार्षिक साधारण सभा सम्पन्न

उत्तर बाहिनी बहुउदेश्यीय सहकारीसंस्था लिमिटेडको १२औ बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौ,माघ ७ ।

गोकर्णेश्वर  नगरपालिका वडा नं ४ स्थित उत्तरबाहिनी मन्दिर परिसरमा हिजो उत्तर बाहिनी बहुउदेश्यीय सहकारीसंस्था लिमिटेडले  “सुनिश्चित भविष्यको लागि बचत गर्नी बानी, यहाहरुको साथमा उत्तर बाहिनी” भन्ने मूल नाराको साथमा  आफ्नो १२औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त साधारणसभाका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिहरुमा लायन्स क्लबका टंक बहादुर श्रेष्ठ, नेपाल बहुउदेश्यीय सहकारीका प्रतिनिधि , डिभिजन सहकारी कार्यलयका प्रतिनिधी ,अतिथिहरुमा ग्रान्ड भिजन बहुउदेश्यीय सहकारी संस्थाका सत्य श्रेष्ठ ,लोकतान्त्रिक बचत तथा ऋण सहकारीका श्रीराम केसी लगायत वडा सदस्यहरु ,संस्थाका पदाधिकारी एबम शेयर धनि र बचतकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष धर्मशरण श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले बार्षिक प्रतिबेदन पढेर सुनाएका थिए ।

कार्यक्रममा संस्थाको जेष्ठ सेयर  सदस्य बसल श्रेष्ठ ,उत्कृष्ट बचतकर्ता लक्ष्मी थापा ,र असल ऋणीको रुपमा राजेश धौगडालाइ  प्रमुख अतिथि बाट अभिनन्दन सहित सम्मान गरिएको थियो।

त्यस्तै गरि सोहि कार्यक्रममा बाल खुत्रुके बचत तर्फ राहुल तामांग आशिक श्रेष्ठ ,र क्रिस्टिना श्रेष्ठ ,दृष्टि श्रेष्ठ ,अस्मिता श्रेष्ठ ,बिपुल श्रेष्ठ ,मेरिना श्रेष्ठ र रुदिन कुमार श्रेष्ठलाइ लगायत लाइ   सम्मान समेत गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका सल्लाहकार  रमेश सिग्देलले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले संस्थालाई शुभकामना दिंदै सहकारीले उत्पादन मुलक क्षेत्रमा योगदान पुर्याउनु पर्ने चर्चा गरेका थिए ।

उनले सहकारीले जनताको आर्थिक सामजिक स्तरवृद्धि गर्न पुर्याएको योगदानको प्रसंशा गरेका थिए। उनले सहकारी मार्फत जनताको जीवन स्तर सुधार गर्ने खालका कार्यक्रम अघि बढाउनु पर्ने धारणा राखेका थिए।कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि लगायत अतिथिहरुलाई  मायाको चिनो प्रदान गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।