लायन्स क्लब अफ काठमाडौ गोकर्णेश्वरको रक्तदान तथा मोतियाबिन्दु आँखा परिक्षण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौ गोकर्णेश्वरको रक्तदान तथा मोतियाबिन्दु आँखा परिक्षण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौ,माघ ७ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित उत्तरबाहिनी मन्दिर परिसरमा हिजो लायन्स क्लब इन्टरनेसल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौ  गोकर्णेश्वरले रक्तदान को साथै निशुल्क मोतियाबिन्दु आँखा परिक्षण समेत गरेको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वोर नगरपालिका वडा नं ४ का अध्यक्ष श्री कुमार श्रेष्ठ रहेका थिए। उनले समेत रक्तदान गरेका थिए ।

सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्री कुमार श्रेष्ठले लायन्स क्लबले गरेको सामाजिक कामको प्रसंसा गर्दै आगामी दिनमा यस्तो कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताएका थिए ।

उक्त निशुल्क आँखा परिक्षण गर्दा १० जनामा मोतियाबिन्दु देखिएको र रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको लायन्स क्लब गोकर्णेश्वरका अध्यक्ष धर्मशरण श्रेस्ठले कपन अनलाइनलाई  बताए ।

तपाइँको प्रतिक्रिया ।