अवसर र चुनौतिका बीच ध्रुव न्यौपाने यात्रा शुरु

अवसर र चुनौतिका बीच ध्रुव न्यौपाने यात्रा शुरु

IMG_7472कपन अनलाइन, भाद्र २

काठमाडौं जिल्ला खेलकुद विकास समितिमा ध्रुवराज न्यौपानेले आजदेखि बिधिवत नेतृत्व सम्हालेका छन् । आज एक औपचारिक कार्यक्रम न्यौपानेले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टका उपस्थितिमा आफ्नो पदभार ग्रहण गरेका हुन् । आज काठमाडौ जिल्ला खेलकुद विकास समितिको कार्यालय सानो गौचरणमा भएको औपचारिक कार्यक्रममा उपस्थित नेपाली खेलकुद क्षेत्रका दिग्गजहरुको उपस्थितिमा नवनियूक्त अध्यक्ष न्यौपाने ४ वर्षे कार्यकाल चुनौति र अवसरले भरिएको हुने बताए । उनले आफ्नो मन्तव्यका क्रममा आफ्नो कार्यकालमा राजनीतिक भेदभाव बिना खेलकुद क्षेत्रको विकासमा आफू दत्तचित्त भएर लाग्ने बताए । उनले कर्मचारी तथा काठमाडौंका सबै खेलकुदसँग सम्बन्धित व्यक्तिहरुलाई हातेमालो गर्न आव्हान पनि गरे ।

 

यसअघि कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका राष्टिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले आउँदो ४ वर्षे कार्यकाल सूवर्ण कार्यकाल हुने बताउँदै खेलकुदमा राजनीति नगर्ने अनि नसहने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले नवनियूक्त पदाधिकारीहरुलाई राजनीतिक नियूक्तिबाट आएको भन्ने कुरा बिर्सिएर काम गर्न निर्देशन दिएका थिए ।

 

IMG_7489

 

तपाइँको प्रतिक्रिया ।