मेरा यामहरुमा समालोचक ठाकुर पराजुली : काजी रोशन (संस्मरण)

मेरा यामहरुमा समालोचक ठाकुर पराजुली : काजी रोशन (संस्मरण)

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

म २०२५ तिरै वासु पासाको संगतमा परेर  उनका फिलिङ्गो, कुम्लो कविताका कृति पढ्न लागेँ । जहाँ पंक्ति पंक्तिमा क्रान्ति, विद्रोह र जनपक्षिय भावनाले ओतप्रोत छाउथे । अग्ला मोटा दशरथ चन्द जस्तै कुस्ती वाज वान्कीका थिए उनि । उनका प्रत्येक वोली वोलीमा रामकुप थदिन्थे ।
२०२५ साल मै मैले सिद्धिचरण, पारिजात, माधव घिमिरे, भूपि शेरचन, नरसिंहभक्त तुलाचन, बालकृष्ण सम, गोविन्द भट्ट, आनन्ददेव भट्ट, ज्योत्स्ना भट्ट मोहनबहादुर मल्ल, धर्मराज थापा र २०२६ तिर माधवप्रसाद देवकोटा, कुलमणी देवकोटा, कविन्द्रमान सिङ र पछि क्रमश भवानी भिक्षु , हरिभक्त कटुवाल लगायतलाई भेटे ।
बलमुकुन्ददेव पाण्डे, उत्तम कुँवरले त म कहाँ रुपरेखा पठाउने गर्नुहुन्थ्यो म धौलागिरि अञ्चल प्रतिनधि थिएँ । त्यस्तै मदनदेव भट्टराईको प्रधान सम्पादकत्वमा प्रकाशित हुने ‘रत्न श्री’ को पनि म अञ्चल प्रतिनिधि थिएँ ।
‘रुपरेखा’मा पुस्तक समिक्षाको जिम्मा ठाकुर पराजुलीको थियो । पुस्तकको नाम प्रकाशित वर्ष, मूल्य, विधा आदि खोली प्राप्ती स्विकार र समालोचकीय लेखहरु उहाँको आइरहन्थे ।
प्रथम पटक सायद ठाकुर पराजुलीलाई मैले रुपरेखाबाट चिनेँ कि ! ठाकुर पराजुली र म वीच दाजुभाई वीचको सम्बन्ध थियो । नम्र विनयी भोले भाले स्वभावका उहाँ मसिनो बोल्ने र शान्त स्वभावको हुनुहुन्थ्यो । बागलुङमा म उहाँको सम्पर्क व्यक्तिको रुपमा म थिएँ । उहाँका ओजूर्ण, विद्वतापूर्ण कुराहरुले म झंकृत बन्थे । मेरा नसा नसामा साहित्यका रस संचारित हुन्थें ।
एउटा कुरा अनौठो के लाग्छ भने वि.सं. १९९७ भाद्र २० गते म्याग्दीको पातलेखेत जन्मेका र गाउँघरमै शिक्षा ग्रहण गरेका ठाकुर पराजुली कसरी काठमाण्डौ पुगे र शैक्षिक माहोलमा चुर्लुम्म भए ? बाटोघाटोको राम्रो सुविधा नभएको त्यस बेलाको अवस्थामा शिक्षा आर्जन गर्न काठमाण्डौ पुग्ने उहाँका पिता अभिभावकहरुले काठमाण्डौ पु¥याउनु यो एउटा ठूलो शैक्षिक जागरण नै थियो । गाउँघर जहाँ पठन् पाठनको त्यति राम्रो सुरुवातै भएको थिएन । वाल्कालदखि नै परिवारका सदस्यहरु मेलापात खेतीपाती, गाई भैसीको स्याहार सुसार मै अधिकांश समय व्यतित हुन्थ्यो, शिक्षा आर्जन एकादेशको कथा जस्तै थियो । तत्कालिन शैक्षिक र विकासको अन्धारमा रुमलिएको ग्रामिण भेक म्याग्दीबाट उछिटिएर ठाकुर पराजुली काठमाडौ नपुगेको भए उहाँको अस्तित्व कस्तो हुन्थ्यो यो गर्भको विषय थियो । तत्कालिन अवस्थामा शिक्षा आर्जनकै लागि काठमाण्डौ पुग्नु, बस्नु र पढ्नु यो ठाकुर पराजुलीको लागि स्वर्ण अवस्था थियो । जहाँ पुगेर उनको जीवन नै शक्षिक, साँस्कृतिक र साहित्यिकमय बन्न पुग्यो । यो ठाकुर पराजलीको आफ्नै मेहनत, परिश्रम, लगनको कारणले भएको थियो । किन कि ठाकुर पराजुली कालिन अवस्थामा काठमाण्डौ गएर शिक्षण ग्रहण गर्ने क्रमको त्यत्ति सुरुवात भएकै थिएन । त्यो औकात र क्षमता परिवारको सोच भन्दा बाहिरको थियो । गाउँका ठिटाहरु पल्टनमा भर्ना हुन भारत पुग्थे । त्यसबेला ठिटाहरुलाई पल्टनमा भर्ति गर्ने गल्लाहरु नै गाउँ गाउँमा पुग्थे र ठिटाहरुलाई छानी छानी भैरहवाको पकलिहवामा पु¥याउथे । या पढ्न वनारस पठाउँथे । धन्य ठाकुर पराजुली यसबाट जोगिए र पठन पाठनको लागि काठमाडौ जाने संस्कारको विकास गरे । गाउँबाट गएको एउटा ठिटो काठमाण्डौ मै बसेर कसरी पढे, लेखे र एम ए (नेपाली) र आचार्यको डिग्री हासिल गर्न सफल भए ? यो उनले म्याग्दीको ग्रामिण भेकमा गरेको शैक्षिक क्रान्ति कै प्रारम्भ भन्नमा अत्युती नहोला ।
मेरो कृति प्रकाशनको भूमिका लेख्ने सुरु विन्दु मै उहाँ हो र उहाँको विचार, भावना, लेखनी कै कारण म प्रकाशनवान् भएको हुँ । हाम्रो धवलागिरि क्षेत्रकै सम्पर्क विद्वान उहाँ हुनुहुन्थ्यो । उहाँ नै मेरो भरोसाको केन्द्र विन्दु हुनुहुन्थ्यो । उहाँले मलाई कुखुराले आफ्नो चल्लालाई माउले आफ्नो प्वाँख भित्र सुरक्षित राखे जस्तो उहाँले मेरो साहित्यिक सम्पदा, मेरो सिर्जनात्मक सोच विचार र कल्पनाको संरक्षण गर्नु भयो । मलाइ राम्रा राम्रा खदिला, वौद्धिक विचारले उद्ध्यत बनाउनु भयो ।
२०३३÷३४ सालताक म जुम्लाबाट काठमाडौ सरुवा भै आए पछि उहाँलाई मेरो दुई पाण्डुलिपी कृति एउटा “मानसरोवरमा डुवुल्की मार्दा” (सँस्कृति निवन्ध परक) र अर्को “हिम श्रृंखलाबाट”–कविता यात्रा) उहाँको हात राखी दिएको थिएँ । “मान सरोवर डुवुल्की मार्दा” पाण्डुलिपि हेरेर उहाँले मलाई साझा प्रकाशनमा तत्कालन महाप्रबन्धक कृष्णचन्द्रसिंह प्रधानले साझा प्रकाशनबाट प्रकाशित गर्नको लागि उहाँसँग कुरा गर्न सल्लाह दिनुभयो । उहाँले यी कृति साझा प्रकाशनले निकाल्न सक्छ भनेर बाटो देखाउनु भयो । म कृष्णचन्द्रसिंह प्रधानको निवास न्हेकतला, काठमाण्डौ मा गई उहाँलाई भेटेँ र पाण्डुलीपी कृति साझाबाट प्रकाशित गर्न ठाकुर दाईले पठाउनु भएको जानकारी गराएँ । उहाँले हुन्छ म बोर्डमा राख्छु भन्नु भयो । पछि त्यो कृति साझा प्रकाशबाटै प्रकाशनमा आयो ।
२०३५ सालमा जुम्लाबाट तिब्बत मानसरोवार सम्मको कविता कृति पाण्डुलिपि मै उहाँलाई पठाएको थिएँ । उहाँले त्यो कृतिको नाम “जुम्ला, हुम्ला” राख्न भन्नु भएको थियो । पछि रुपायन प्रेशमा बालमुकुण्ददेव पाण्डेले ‘हिम श्रृंखलाबाट’ नामाकरण गर्नु भयो ।
२०३५ सालमै हिम श्रृङ्खलाबाट–(कविता यात्रा) मा ठाकुर पराजुली अनौपचारिक उद्गारमा लेखाईको प्रारम्भ यसरी गरेका छन् ।
“कवि रोशनलाई सर्वप्रथम मैले निवन्धकार रोशनका रुपमा चिनेको थिएँ ।वीरशाली पन्तका बारेमा उनको एउटा निबन्ध ‘रत्नश्री’ मा छापिएको थियो । हुन सक्छ– यसभन्दा अगाडि पनि उनका लेख छापिएका हुँदा हुन् तर मेरो पहिलो दृष्टि उनको त्यही लेखमा परेको थियो । यसपछि पनि कहिले भाषाका सम्बन्धमा र कहिले स्थानीय लोकसंस्कृतिका सम्बन्धमा लेखिएका लेखहरु फाटफुट रुपमा देखिन्थे । यसरी एउटा निवन्ध–लेखकका रुपमा रोशनको काल्पनिक चित्र मेरो मानसभित्र हुर्कदै थियो । त्यस बेलासम्म उनको कवि रुप देख्न पाएको थिइनँ ।न त मेरो आपसी परिचय नै भएको थियो । हुन सक्छ–त्यसपछि औपचारिक भेटघाट र चिनापर्ची पनि भए होलान् तर मेरो मानसपटलमा अनौपचारिक रुपमा हुर्काउदै आएको रोशन नै बढी टट्कारो र बढी गाढा हुँदै गएको थियो । यसै बीच उनी आफ्नो जागीरको सिलसिलामा जुम्ला पुगेछन् । त्यहाँ उनको माध्यमबाट स्थानीय एउटा पत्रिकाका लागि मसँग एउटा साहित्यिक लेख मागिएको थियो त्यही स्रोतबाट उनी त्यहाँ पुगेको थाहा पाएको थिएँ ।”
नेपाली साहित्यकार सम्पर्क समिति बागलुङबाट प्रकाशित “बुकी” पहिलो गुच्छा–२०२५ मा हाम्रा दूई कथाकार केहि प्रवृत्तिहरु समालोचकीय लेख रहेको छ । जुन लेखमा उनले शिवकुमार प्रधान र गोविन्दलाल श्रेष्ठको कथा कारिताका सम्बन्धमा विस्तृत व्याख्या र विष्लेषण गरेका छन् ।
शिवकुमार प्रधानको भाषा शैलीको सम्बन्धमा उनको टिप्पणी यस्तो रहेको पाइन्छ– “भाषा र शैलीलाई कलात्मक उच्चता दिन खोजे पनि शिवकुमार आफ्नो बाटोमा अलमलिएका छन् । यस्तो भान हुन्छ शिवकुमारले भाषालाई होइन भाषाले शिवकुमारलाई नचाएको छ । गोविन्दलालश्रेष्ठ यसबाट मुक्त छन् । यद्यपी उनको भाषा र शैलीले कलात्मक गिरिमालाई वहन गरेको छैन ।” यसले ठाकुर पराजुीले दुई कथाकारको समग्र अध्ययन गरी आफ्नो समालोचकीय भनाई प्रस्तुत गरेका छन् । उनले शिर्षकमा हाम्रा कथाकार भनेर लेखे पनि लेखमा समालोचकीय विश्लेषण र सिद्धान्तमा अडिग रहेको पाइन्छ ।
“बुकी” अंक २–२०२६ मा ठाकुर पराजुलीको “मोहनबहादुर मल्लका उपन्यासहरुका संक्षिप्त विवेचना” रहेको छ ।
ठाकुर पराजुलीका जन्म वि.सं. १९९७ भदौ २० गते भएको थियो । उहाँको माता पिताको नाम भद्रकला पराजुली, रघुनाथ पराजुली हो । शिक्षामा एम ए नेपाली आचार्य गर्नुभएको उहाँको नेपाली साहित्यको परिक्रमा (समालोचना संग्रह)–२०४४, नेपाली साहित्य श्रृङखला (भाग १ र २) सह–लेखन २०५२ गोरखा दक्षीण बाहु चौथोबाट विभूषित सम्पादनमा उहाँको मैना –देवकोटाको काव्य संग्रह २०३९) सौन्दर्य (झपट बहादुरको कथा संग्रह २०३९) वाङ्मय अर्ध वार्षिक) हिमाली साहित्य–पाठ्य संयुक्त सम्पादन) सिंहवाद–त्रैमासिक विद्यार्थी सन्देश, ज्योति आदि पत्रिका रहेका छन् ।
समयको क्रमसँगै म संस्थागत रुपबाट प्रतिबद्धताका साथ अघि बढेँ । आफ्नै निजी रकम, आफ्नो तलवको रकम, आफूले पाएको पुरस्कारका सम्पूर्ण नगद रकम साहित्यमा अर्पण गर्दै गएँ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङलाई समृद्ध गर्न लागेँ । धेरै प्रतिष्ठित साहित्यकारहरुलाई निमन्त्रणा गरी पुरस्कृत गर्न लागेँ । अरु धेरै संस्थाहरु जन्माउन पहल गरी समालोचक ठाकुर पराजुलीलाई समेत बागलुङमा आमन्त्रण गरी पुरस्कार दिन लाग्यौ । ठाकुर पराजुली बागलुङ आउनु हामीले दिएको उपहार ग्रहण गर्नु यो उनको महानता हो । यसबाट हामी कृतकृत भयौ । हामीमा थप उत्साह, जाँगर, हौसलाको प्रवाह भयो । ठाकुर दाईबाट पाएको प्रेरणाले नै म युवा, वयस्क र ज्येष्ठ समेत भएँ । बागलुङ मै विभिन्न सिर्जनात्मक पुरस्कारका स्थापनाका साथै भोजपुरमा भोजपुर प्रतिभा पुरस्कार, ओखलढुंगामा ओखलढुंगा साहित्य प्रतिष्ठान, बुटवलमा समाजसेवी गणेशमान कष्ण प्यारी सैजु स्मृति प्रतिष्ठान र गणेशमान सैजु संग्रहालय, भैरहवामा कवि वासुदेव प्रसाद त्रिपाठी स्मृति समिति, कपिलवस्तुमा सिर्जनशील नारी साहित्य समाज, बुटवलमै नारी साहित्य सिर्जना मञ्च, धनकुटामा टिकाप्रसाद लामिछाने संङ्ग्रहालय, पर्वतमा मल्लाजमा मोहनबहादुर मल्ल स्मृति समिति स्थापना र प्रतिमा निर्माण आदि विभिन्न कामका साथै काठमाण्डौमा १५ वटा संस्थहरुको साझा सस्था–साहित्यिक संस्था समन्वय समिति नेपाल गठनका साथै अध्यक्षता समेत गर्दैछु । मलाई उत्प्रेरित गर्ने ठाकुर पराजुलीसंग फोनमा कुरा गरी ‘काजी रोशनका कविताहरु’ को सम्पादक भै प्रकाशन गर्न मेरा कविताका ठेली उहाँलाई पठाएको थिएँ । उहाँ त्रिभुवन विश्व विद्यालयमा अध्ययन अध्यापनमा व्यस्त हुनुहुन्थ्यो ।केहि समय पछि मैले आफ्नो पाण्डुलिपि सम्बन्धी कुरा उठाउँदा ठाकुर पराजुलीले भाई काठमाण्डौमा डेरा विरालाले बच्चा सारे झै सार्ने क्रममा त्यो पाण्डुलिपि कुन चाङमा प¥यो भेटिएन भन्नु भयो र त्यसको प्रकाशनको अध्याय त्यत्तिकै टुङ्गिन पुग्यो । उहाँ सूर्यनारायण पुरस्कार संस्था, म्याग्दीबाट पनि पुरस्कृत हुनुभएको थियो ।
मिति २०६५ जेष्ठ २८ ठाकुर पराजुली र डा. माधवप्रसाद पोखरेल बागलुङमा आउनु भएको थियो । मैले उहाँहरुलाई बागलुङ बजार अवलोकन र धवलागिरि साहित्य प्रतिष्ठानको निरिक्षण गराउने अवसर मिल्यो । सो बेला ठाकुर पराजुलीले धवलागिरि साहित्य प्रतिष्ठानको मन्तव्य रजिष्टारमा निम्न लेख्नु भएको थियो–
उहाँको स्वर्गारोहण २०७९ फागुन २० गते काठमाण्डौमा भएको खबरले म लगायत धौलागिरिवासी एवं साहित्य जगतमा गहिरो चोट पुग्न गएको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।