युवती राखेर यौनधन्दा चलाउने होटल सञ्चालक पक्राउ

युवती राखेर यौनधन्दा चलाउने होटल सञ्चालक पक्राउ

१३ असार । युवतीलाई होटलमा राखेर यौनधन्दा सञ्चालन गर्दै आएका एक होटल सञ्चालक झापाको बिर्तामोडबाट हिजो  अपराह्न पक्राउ परेका छन् ।

sex_workers_nepal

विर्तामोडस्थित सम्झौता होटलका सञ्चालक अभिमान लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सो होटलबाट तीन जना युवतीलाई पनि नियन्त्रणमा लिएको छ । लिम्बूले विगत लामो समयदेखि होटलमा युवती राखेर यौनजन्य गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।

त्यस्तै आजै बिर्तामोडस्थित नयाँ बसपार्कमा सञ्चालित ताप्लेजुङ–मनकामना होटलबाट धनकुटा, धादिङ, काभ्रे र दोलखाका चार युवतीलाई पनि प्रहरीले यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो । ताप्लेजुङ–मनकामना होटलका सञ्चालक राम राजवंशी भने प्रहरी देख्नेबित्तिकै फरार छन् ।

तपाइँको प्रतिक्रिया ।