फेसबुकमार्फत श्रीमतीको चरित्र हत्या गरेको भन्दै पत्रकारमाथि सार्वजनिक मुद्दा

फेसबुकमार्फत श्रीमतीको चरित्र हत्या गरेको भन्दै पत्रकारमाथि सार्वजनिक मुद्दा

ओखलढुंगा, २७ चैत । ओखलढुंगामा सामाजिक सन्जाल फेसबुकमार्फत चरित्र हत्या गरेको आरोपमा ओखलढुंगाका एक सञ्चारकर्मी विरुद्ध सार्वजानिक अपराध अन्तर्गतको मुद्दा दायर भएको छ ।

facebook-300x168
मुलखर्क २ घरभएका सञ्चारकर्मी दिर्ग बहादुर खत्री विरुद्ध प्रहरीमा सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दायर भएको हो । फेसबुक मार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै सिद्धिचरण नगरपालिका–५ का दिपक राज भण्डारीले   खत्री विरुद्ध जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा उजुरी दिएका हुन् ।
खत्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत दिपक राज भण्डारी र उनकि श्रीमतीको चरित्र हत्या हुने लेख सार्वजनिक गरेको भन्दै उजुरी आएको प्रहरी नायब उपरीक्षक डम्वर बहादुर विश्वकर्माले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।