Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/footb-300x215.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

थ्रीस्टार र आर्मीले गोलरहित बराबरी

काठमाडौँ, २२ चैत । राष्ट्रिय लिगअन्तर्गत आज भएको खेलमा गोलरहित बराबरी खेल्दै थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबले एक–एक अङ्क बाँडेका छन् ।

footb-300x215
दशरथ रङ्गशालामा दुवै पक्षका खेलाडीले गोलका प्रयास गरेका थिए । सुरुवातमै आक्रामक देखिएको थ्रीस्टारले १३आँै मिनेटमै राम्रो अवसर खेर फाल्यो । त्यसपछि आर्मीले थ्रीस्टारलाई आक्रमणको जवाफ दिने क्रममा २३ र ४२औँ मिनेटमा राम्रा अवसर सृजना गरेको थियो । आर्मीको दोस्रो आक्रमणलाई थ्रीस्टारका गोलकिपर एलान न्यौपानेले मुस्किलले बचाएका थिए ।
दोस्रो हाफमा गोल गर्न झन् आतुर देखिएको थ्रीस्टारका लागि सन्तोष साहुखलले ४९आँै मिनेटमा गरेको प्रहार थोरै मात्र बाहिरियो । गोलको खोजीमा रहेका सन्तोषले आर्मीका गोलकिपर विकेश कुथूलाई फल गरेपछि रातो कार्ड खाँदै बाहिरिए । दस खेलाडीमा सीमित भएको थ्रीस्टारलाई दबाबमा राख्दै आर्मीले ६२औँ मिनेटमा आक्रमण ग¥यो ।

आर्मीका टङ्क बस्नेतले हानेको सशक्त प्रहार बारमा लागेर फर्कियो । एक खेलाडी कम हुँदा झन् सम्हालिएर खेलेको थ्रीस्टारले पनि अन्तिमसम्म गोलको प्रयास ग¥यो, उसका विदेशी खेलाडी पिटरले ९०औँ मिनेटमा गरेको कडा प्रहार पोलमा लागेर फर्किपछि गोलरहित बराबरीमा खेल टुङ्गियो ।

नेपाल आइस हक्की सङ्घको आज सम्पन्न विशेष साधारणसभा
खेलको प्रतियोगिता तथा अन्य विवाद समाधानका सम्पूर्ण अधिकार कोर्ट अफ आर्विटर फर स्पोट्र्समा मात्र पुनरावेदन गर्न पाउने गरी विधान संशोधन गरेको छ ।
त्यसैगरी, विशेष साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशव स्थापितले गर्नुभयो ।
उक्त अवसरमा सङ्घको आधिकारिक वेबसाइट ध्ध्ध्।ष्अभजयअपभथलभउब।ियचन।लउ सार्वजनिक गरिएको थियो ।
सङ्घका अध्यक्ष लोकबहादुर शाहीले अन्तर्राष्ट्रिय आइस हक्की महासङ्घको सुझाव अनुसार नेपाल आइस हक्की सङ्घको विधानमा खेलसँग सम्बन्धित कुनै पनि विवादमा अन्तर्राष्ट्रिय आइस हक्की महासङ्घको पुनरावेदन प्रक्रियामा गएपछि त्यस्ता विवादहरु स्विट्जरल्यान्डको लोसोनोभामा रहेको कोर्ट अफ आर्विटेसन फर स्पोट्र्ससमक्ष पेस गर्ने प्रावधान पास गरेको जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।