रितिज र दीक्षालाई टेबलटेनिस स्वर्ण

रितिज र दीक्षालाई टेबलटेनिस  स्वर्ण

काठमाडौ, १७ माघ । रितिज जोशी र दीक्षा तामाङले शहीद कप यु–१४ राष्ट्रव्यापी खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । दुवै आदर्श विद्या मन्दिर (एभीएम) का हुन् ।

30_04_2014-Table27
काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा रितिजले सुनसरीका सुबोध राईलाई ११–७, १३–११, ११–८ र ११–४ को सोझो सेटमा पराजित गरे ।
गल्र्स सिंगल्सको उपाधि भिडन्तमा दीक्षाले डिएभीकी भूमिका थापालाई ११–६, ११–८ र ११–७ को सोझो सेटमा हराइन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा ह्वाइटफिल्डकी दिया मगिया ‘मोस्ट प्रोमिसिङ’ खेलाडी घोषित भइन् । ब्वाइजमा प्रोक्सिमाका रेखन तामाङ तथा गल्र्समा त्रियोगकी विनु तामाङ उदीयमान खेलाडी चुनिए ।
विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष राजकुमार कार्की, आयोजक समितिका अध्यक्ष हिक्मत थपलिया र कार्यालय प्रमुख लीलाराम बस्नेतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुवै समूहमा पहिलो हुनेले ५ हजार, दोश्रोले २ हजार ५ सय र तेश्रो हुने दुई खेलाडीले १÷१ हजारका दरले नगद पुरस्कार पाए । दुई स्पर्धा समावेश दुईदिने प्रतियोगितामा ६१ ब्वाइज र ३५ गल्र्स सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।