Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/football-fiesta-salisbury.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

एनबिए नेपाल कप भेट्रान फुटबलमा सेना च्याम्पियन

काठमाडौ, १७ माघ । नेपाली सेनाले एनविए नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगशालामा भएको फाइनलमा सेनाले मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित ग-यो ।
स्पोर्टस फर अल क्बल नेपालको आयोजना र नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको च्याम्पियन सेनाले नगद ५० हजार पुरस्कार प्राप्त ग¥यो । नेपाली सेनाका प्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणाले सो पुरस्कार रकममा ५० हजार थप गरी आयोजक स्पोटर््स फर अल क्लबका अध्यक्ष लोकबहादुर शाहीलाई नै सहयोग स्वरुप प्रदान गरे । प्रतियोगिताको उपविजेता मनाङ मस्याङ्र्दीले २५ हजार नगर पुरस्कार प्राप्त गरेको थियो ।football-fiesta-salisbury
सर्वाेत्कृष्ट खेलाडीबाट आर्मीका गोलरक्षक छन्नुराम चौधरी पुरस्कृत भए ।
श्निवार भएको फाइनल खेल निर्धारितसमयसम्म २–२ को बराबरी भएपछि ट्राइव्रेकरबाट नतिजा निकाल्नु प¥यो । खेलको तेस्रो मिनेटमा हमिद दुलाले मनाङका लागि गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि आर्मीका लागि समिर प्रताप राणाले बराबरी गोल फर्काए । खेलको ५४ औं मिनेटमा डिल्लीराम श्रेष्ठले मनाङलाई पुन अगाडी बढाए । अतिरिक्त समयमा आर्मिका लागि समिर प्रताव राणाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।  टाइब्रेकरमा मनाङका लागि कर्मा छिरिङ र दर्शनले गोल गरे । आर्मीका लागि अशोक गुरुङ, बसन्त राज गुरुङ र बाबुकाजी डौबञ्जरले गोल गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।