संविधान नबनेको भन्दै झापामा एक जनाले आत्महत्या गरे

संविधान नबनेको भन्दै झापामा एक जनाले आत्महत्या गरे

झापा । दलहरुको बाचा अनुसार पूर्वनिर्धारित मिति माघ ८ मानै संविधान नबनेको भन्दै झापामा एक जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा झापा गोलधाप निवासी ६५ वर्षीय विष्णुप्रसाद उप्रती रहेका छन् । निर्धारित मितिमा नै संविधान आउने भन्दै छिमेकीसँग बाजी राखेका उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।

बिहीबार अबेरसम्म संविधानसभाको बैठकमा भइरहेको नाराबाजी हेरिरहेका उनी बैठक स्थगित भएसँगै बिरत्तिएर बाहिरिएको जनाएको छ ।

शौच गर्न भन्दै बाहिरिएको उनको घर नजिकै झुण्डिएको अवस्थामा शब भेटिएको प्रहरीले जनाएको छ । उनी नायिका युना उप्रेतीका बाबु भएको बताइएको छ । उनको शुक्रबार नै कनकाई माईमा अन्त्येष्टि गरिएको छ । अन्नपूर्ण पोस्टले समाचार प्रकाशित गरेको छ ।

तपाइँको प्रतिक्रिया ।