जातीय विवादका कारण सोमालियामा २३ को मृत्यु

कपन अनलाइन\माघ ८, २०७१

सोमालियामा बिहीबार जातीय विवादका कारण २३ जनाको मृत्यु भएको छ । जग्गाको विषयलाई लिएर भएको आपसी विवाद जातीय रुपमा अघि बढेपछि उक्त घटना थप हिँसात्मक भएको थियो । एउटा गाउँमा भएको सामान्य जग्गाको विवादले उग्र रुप लिएपछि जातीय दङ्गा भएको थियो । दुई भिन्न जातीका सशस्त्र व्यक्तिको बीचमा बिहीबार झडप भएको थियो । जग्गाको विषयलाई लिएर विवाद भएपछि सो क्षेत्रमा भएका जातीय लडाकुबीच गोली हानाहान भएको बताइएको छ ।

 

घटनामा २३ जनाको मृत्यु भएपनि दर्जनौँ घाइते भएका हुँदा मृतकको संख्या बढ्न सक्ने बढाइएको छ । केही घाइतेहरूको अवस्था गम्भीर रहेको रिर्पोटहरूले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।