रत्नबहादुरकी बेसहारा आमालाई मलेसियाबाट सहयोग

रत्नबहादुरकी बेसहारा आमालाई मलेसियाबाट सहयोग

njvhvjkjl

कपन अनलाइन, १४ असोज, २०७३/ दिनेश खड्का “खप्तडी”/मलेसिया

तेह्रथुम जिल्ला थोक्लुङ गा वि समा जन्मभइ सिजुवा गा वि स वडा नं ८ मोरङ्ग निवासी  भिम बहादुर लिम्बू र भिमादेवी लिम्बूका छोरा रत्न बहादुर लिम्बूको रोजगारीका सिलसिलामा मलेसियामा निधन भएको छ ।  हनको उपचारको क्रममा मलेसियाको क्वालालम्पुर स्थित सुङ्गाईबुलोच् हस्पिटलमा निधन भएको हो  । सन्दिप संजिवनले जानकारी गराए अनुसार परिवारका एक्ला छोरा रत्न बहादुर लामो समयदेखि घाँटीको समस्याबाट थलिएपछि हस्पिटलमा  अप्रेसनको तयारी भैरहेको थियो ।  अप्रेसन गर्ने भनिएको तीन दिन अगाडि नै उनको निधन भएको संजिवनले बताए ।

सन् २००१ देखि नै मलेसियामा हराइरहेका रत्न बहादुरलाई उनकी अामाले  विभिन्न संचार माध्यममा छोरा खोजीदिन अाग्रह गरेका समाचार प्रकाशित समेत भएका थिए । १५ बर्षदेखि छोराको मुख हेर्ने अभिलाषा बोकेर रत्न बाहादुरकी आमा यतिखेर पनि शवमात्र बुझ्न पाए पनि हुने भनिरहेकी बताइएको छ ।  रत्न बहादुरका छोरा र श्रीमतीको समेत यस अघि नै मृत्युु भैसकेको हुनाले परिवारकी एक्ली अामाले छोराको मृत शरीर को बाकस मात्रै पाउनु पाए हुने बिलौना गरिरहेको सन्दिप संजिवनले बाताए ।  बृद्धअवस्थामा एक मात्र आशा रहेका रत्नबाहदुरको मृत्यूको खबरसँगै सँधैका लागि बेसहारा बनेकी बीमादेवी लिम्बुलाई रत्न बहादुरका साथीहरूको सक्रियतामा केही अार्थिक सहयोग संकलन गरिएको छ ।

 तेह्रथुम मलेसिया सम्पर्क मञ्चका सदस्य कुमार तेयुङ् लिम्बूको सक्रियता  रू.४३,५१३ तथा सुरेन्द्र तुम्खेवा लिम्बूको सक्रियता रू. ४०, ५७५ गरि कुल रू. ८४, ०८८ नेपाली रुपैयाँ सहयोग संकलन गरी अामा भिमादेवीलाई  बिहीबार मोरङ्गको उर्लावारीमा हस्तान्तरण गरिएको सन्दिप बताए ।  मृतकका छोरा र श्रीमतीको समेत मृत्युु भईसकेको र बृद्ध अामामात्र रहेकी हुनाले सहयोग सानोतिनो सहयोग गरिएको कुमार लिम्बू मार्फत सजिवनी बताए  । मृतक रत्न बहादुर लामो समयदेखि अबैधानिक रुपमा मलेसियामा बसेको हुनाले शव नेपाल पठाउन निकै कठिनाई परेको थियो । कृष्ण तुम्बाहाम्फेको सक्रियतामा गत १६ सेप्टेम्बर १०१६ मा शव नेपाल पठाइएको थियो ।

तपाइँको प्रतिक्रिया ।