दोस्रो बुढानिलकण्ठ अन्तर नगरकपको भब्य तयारी, घटस्थापनाको दिनदेखि सुरु हुने

unnamed-1

कपन अनलाइन, १२ असोज, २०७३

दोस्रो बुढानिलकण्ठ अन्तर नगरकप फुटबल प्रतियोगिताको तयारी अन्तिमचरणमा पुगेको छ । बुढानिलकण्ठ नगरपालिका बनेपछि हरेक वर्ष बडादशैँमा आयोजना गर्ने गरिएको वडाव्यापी फुटबल प्रतियोगिता घटस्थापनादेखि फूलपातिका दिनसम्म संचालन गरिने गरिएको छ । नारायणस्थानस्थित प्रतिष्ठित बुढानिलकण्ठ स्कूल हातामा संचालन गरिने प्रतियोगितामा भागलिने प्रतियोगी टिमहरुको छनौट पूरा भएको आयोजक बुढानिलकण्ठ यूवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीले बताएका छन् ।

खेल र खेलकुदको क्षेत्रमा सक्रिय बुढानिलकण्ठ युवा समाजले नेपालीहरुको महानपर्वको अवसरमा सबैलाई मनोरन्जन र आत्मीयताको विकास गर्दै फुटबल खेललाई विकास गर्ने हेतुले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सोचेभन्दा धेरै टिम आएको अध्यक्ष पुडासैनीले बताए । धेरै टिम आएकाले खेल संख्या बढ्ने हुँदा त्यसको व्यवस्थापनमा आफूहरु लागेको उनले बताएका छन् । बुढानिलकण्ठ नगरपालिकालगायत विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुको आर्थिक तथाा भौतिक सहयोगले यो प्रतियोगिता सफल बन्ने तयारीमा पुगेको भन्दै पुडासैनीले महान बडादशैँको अवसरमा सबै नगरवासीलाई खेलकुदलाई माया गरिदिन आग्रह गर्दै फुटबल हेर्न आइदिन निम्तो गरे ।

तपाइँको प्रतिक्रिया ।