राजाराम सिलवाल राप्रपा छाडेर कांग्रेसतिर !!!

राजाराम सिलवाल राप्रपा छाडेर कांग्रेसतिर !!!

kjfkldsjf

कपन अनलाइन, भाद्र ९, २०७३
कपनका पुराना राजनीतिज्ञ राजाराम सिलवालले सक्रिय राजनीति छोडेर काँग्रेशलाई सहयोग गर्ने घोषणा गरेका छन् । कपन अनलाइनसँग टेलिफोन सम्पर्क गरी उनले यो जानकारी दिएका हुन् । लामो समय पूर्व पञ्चहरुको पार्टी राप्रपाको क्षेत्रीय सभापति एवम् सर्वदलीय प्रतिनिधि रहेका सिलवाल राप्रपा छोडेर अन्य पार्टी प्रवेश नगरेतापनि सरकारले चुनाव घोषणा गरेपछि नेपाली काँग्रेशलाई समर्थन गर्न सक्ने आशय खुलेरै व्यक्त गरेका छन् ।

उनले पार्टीबाट भने राजीनामा दिईसकेका छैनन् । पार्टी छोडेको घोषणा चाहिँ गर्ने अनि पार्टीबाट राजीनामा किन नदिएको भन्ने कपन अनलाइनको प्रश्नमा उनले राजनीति कुनै जागिर नभएकाले राजीनामा दिईरहनु नपर्ने बताए । उनले कपनअनलाइन मार्फत नै बूढानीलकण्ठ नगरपालिकामा रहेको प्रतिनिधि लगायत अन्य सबै ठाउँबाट पनि छोडेको बताए ।

तपाइँको प्रतिक्रिया ।