मिस्टर एण्ड मिस नेशनलकी फाइनलिस्ट बुढानिलकण्ठ निवासी निमिता रेग्मीलाई भोट गर्न आग्रह !

मिस्टर एण्ड मिस नेशनलकी फाइनलिस्ट बुढानिलकण्ठ निवासी निमिता रेग्मीलाई भोट गर्न आग्रह !

कपन अनलाइन

काठमाण्डौ,बैशाख १८।

सानोर्भी इन्टरनेशनले आयोजना गरेको मिस्टर एण्ड मिस नेशनलमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ निवासी निमिता रेग्मीलाई भोट गर्नका लागि अनुरोध गरिएको छ।

नेपालमा  हुनेले खल्ती एप्लिकेसनको इन्टरटेनमेन्ट भित्र गएर भोटिङमा गएर भोट गर्न सकिने आयोजकले जनाएको छ । बिदेशमा बस्नेहरुले सोएस्ली डटकममा गएर भोट गर्न सक्नेछन् । खल्ती एप्लिकेसन र सोएसी डटकमको १६ नम्बरमा भोट गर्न सकिनेछ।

नेपाल भरीबाट १९ जना बीच बुधबार फाइनल राउन्ड हुदैछ । प्रज्ञाप्रतिष्ठान काठमाडौमा हुन लागेको उक्त फाइनल राउन्डमा निमिताको सम्भावना अब्बल देखिएकोले  फाइनल राउन्डमा १९ जना बीच भोटमा भइरहेको प्रतिस्पर्धामा देश बिदेशमा रहेका नेपालीले भोट गरेर सहयोग गर्न सक्ने आयोजकले जानकारी दिएको छ।

अछाम जिल्ला स्थायी ठेगाना भै हाल बुढानिलकण्ठ नगरपालिकामा बसोवास गर्दै आएकी रेग्मी पेशाले आर्किटेक्ट डिजाइनर हुन्।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।