छिमेकीद्वारा घाँटीमा छ्याप्प

छिमेकीद्वारा घाँटीमा छ्याप्प

कपन अनलाइन, २८ असार, २०७३
ताप्लेजुङका अलैँची व्यापारी फुरुम्बु १ का ४६ वर्षीय लालबहादुर खड्काको हत्या विश्वास गरेका छिमेकीकै योजनामा भएको खुलेको छ ।

क्षेत्रीय प्रहरी विराटनगरको विशेष अनुसन्धान समूह र ताप्लेजुङ प्रहरीले तीन हप्ता अनुसन्धान गरेर तीन जना आरोपीलाई पक्राउ गरेपछि व्यापारी छिमेकीकै योजनामा भएको खुलेको हो ।

प्रहरीले हत्या अरोपमा फुरुम्बु १ मयम बस्ने ३२ वर्षीय हिमाल भन्ने सुरेश लेछार्वो (लिम्बू), २३ वर्षीय गोली भन्ने अर्जुन लेछार्वो (लिम्बू) र सोही स्थान बस्ने १८ वर्षीय सेनेपे भन्ने सन्दिप लेछार्वो (लिम्बू) लाई पक्राउ गरेको छ ।
ताप्लेजुङ नगरपालिका ४ मा डेरा लिई बसेका लालबहादुर खड्का २५ जेठ बिहान फुरुम्बु १ स्थित आफ्नो पुख्र्यौली घरमा मृत भेटिए । घटनालगत्तै क्षेत्रीय अनुसन्धान समूह विराटनगर र ताप्लेजुङ प्रहरीले सूक्ष्म अनुसन्धान गरी हत्यामा संलग्न उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

यसरी भएको थियो हत्या

फुङलिङ बजारमा डेरा लिएर अलैँची व्यापार गर्दै आएका खड्काको पुख्र्याैली घरमा पनि किराना पसल थियो । उनीसँग धेरै पैसा हुने लोभले स्थानीय युवाको समूहले केही दिनदेखि नै लुटपाट गर्ने योजना बनाएका थिए । खड्का घरमा आएको थाहा पाएपछि योजनाअनुसार २४ जेठ साँझ १० बजेतिर छिमेकी सन्दिप लेछार्वोसहितका युवा चामल किन्ने निहुँमा पसलमा पुगे । परिचित भएको नाताले खड्काले सहज रूपमा पसलको मूलढोका खोलेपछि लेछार्वोसहितले प्यासेजमा बसेर रक्सी पिए । सोही क्रममा मौका हेरेर दिएको उनले बताए । सन्दीप र सुरेशले खड्काको घोक्रोमा अँठ्याई मुख थुनी सुत्ने कोठामा पु¥याएका थिए ।

कोठामा कुटपिट गरी नगद तथा जिन्सी धनमाल राखेको ठाउँबारे सोधखोज गरेका र गोली भन्ने अर्जुन लोर्छावेले आफूसँग लुकाई लगेको धारिलो खुकुरीले पछाडि गर्धनमा रोपेर हत्या गरेको प्रहरीले बताएको छ । हत्यापश्चात् खड्काको गोजीबाट नगद, घरबाट जिन्सी धनमाल चोरी गरी सुरेश र गोली मूलढोकाबाट बाहिर भागेका थिए । सन्दीप भित्रबाट ढोकी थुनी पश्चिम तर्फको झ्यालबाट बाहिर निस्केर फरार भए । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी, फलामको रड, टर्चलाइट र घटनाको समयमा अभियुक्तले लगाएका पोसाकसमेत बरामद गरी परिक्षणका लागी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाएको छ ।  जनआस्था साप्ताहिक बाट साभार गरिएको ।

तपाइँको प्रतिक्रिया ।