मोदी सरकारको दुई वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमलाई अमिताभबच्चनले होस्ट गर्ने

मोदी सरकारको दुई वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमलाई अमिताभबच्चनले होस्ट गर्ने

modi03

कपन अनलाइन, नयाँदिल्ली, जेठ १२, २०७३

भारतमा नरेन्द्र मोदी सरकारको दुई वर्ष पुरा भएको अवसर पारेर २८ मे का दिन विशेष कार्यक्रम आयोजना गरिने भएको छ । नयाँ दिल्लीको इंडियागेटमा आयोजना गरिने सो कार्यक्रमका लागि भारत सरकारले विशेष तयारी गरेको बताइएको छ । यस कार्यक्रमको प्रमुख आकर्षण भारतीय स्टार कलाकार अमिताभबच्चन हुनेछन् । करिब ५ घण्टा चल्ने सो कार्यक्रममा भारत सरकारको २ वर्षे उपलब्धिहरुलाई अमिताभबच्चनले प्रस्तुत गर्नेछन् । प्रधानमन्त्रि नरेन्द्र मोदीसमेत उपस्थित हुने सो कार्यक्रममा कलाकारहरु अनुपमखेर, मधुर भन्डारकर, प्रसुन जोसीलगायतले पनि मोदी सरकारको उपलब्धि सुनाउने छन् । बढ रहा है मेरा देश नाममो सो कार्यक्रमलाई टिभी च्यानलहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् । सोही दिन सोही समयमा भारतका अरु ६ ठूला सहरमा मोदी सरकारको दुई वर्षे कार्यकालको उपलब्धि सुनाउने कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रमको संचालन अमिताभबच्चनले गर्नेछन् । एजेन्सीको सहयोगमा ।

पाइल फोटो: एजेन्सी

तपाइँको प्रतिक्रिया ।