ह्याण्डबल मैदानको घटनाले बुनपा १२ मा विपद व्यवस्थापन समिति बन्न सकेन

ह्याण्डबल मैदानको घटनाले बुनपा १२ मा विपद व्यवस्थापन समिति बन्न सकेन

कपन अनलाइन/बैशाख १७, २०७३

बुनपा १२ मा विपद् व्यवस्थापन समिति बन्न सकेन । २ हप्ता पहिले बुनपा १२ को ह्याण्डबल मैदानमा माटोको ढिस्को खसेर एक पाँच वर्षीय बालकको मृत्यू भएको विषय विपद व्यवस्थापन समिति निर्माणको क्रममा उठेपछि व्यवस्थापन समिति बन्न नसकेको हो ।

ह्याण्डबल मैदानमा पटक पटक मानिसको मृत्यू हुने गरी घटना हूँदा पनि सम्बन्धित पक्ष चुपचाप रहेको विषयलाई स्थानीय युवा क्लब तथा स्थानीयवासीले आवाज उठाइरहेको बेला विपद् व्यवस्थापन समिति निर्माण क्रममा आक्रोशित रुप लिएको हो ।

ह्याण्डबल मैदानमा यसरी मानिस मर्ने गरी भएको घटनासँग नगरपालिका, ह्याण्डबल संघ तथा जिल्ला खेलकुद विकास समितिको चुपचापप्रति स्थानीयबासी र युवा क्लब आक्रोशित भएका हुन् । ह्याण्डबल मैदानमा भएको घटनालाई लिएर विपद् व्यवस्थापन समितिमा स्थानीय युवाहरुको आक्रोश यस्तो थियो ।

हेर्नुस भिडियो

तपाइँको प्रतिक्रिया ।