स्वयम्भूको माटो परीक्षण सुरु

स्वयम्भूको माटो परीक्षण सुरु

काठमाडौँ, १४ वैशाख । पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति लगायत संस्थाको सहयोगमा हीजोदेखि स्वयम्भूनाथ तथा त्यस आसपास क्षेत्रको माटो परीक्षण सुरु भएको छ ।

swayambhu

स्वयम्भू तथा त्यस वरपर क्षेत्रको माटो भासिँदै जाने खतरा बढेसँगै माटोको अध्ययन तथा अनुसन्धान थालिएको छ । महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले विश्व सम्पदा सूचीमा सूचीकृत उक्त ऐतिहासिक सम्पदास्थलमा आवश्यक संरक्षण गर्न नसकिएका कारण अहिले जोखिम बढ्दै गएको बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञको सहभागितामा सुरु गरिएकोस्थानीय माटो जाँच तथा परीक्षणपछि उक्त स्थानका छेउछाउमा निर्माण भएका संरचना तथा मानवीय अतिक्रमण रोक्नका लागि योजना बनाइने जानकारी दिनुभयो ।

गोरखा भूकम्पका कारण त्यस क्षेत्रका महत्वपूर्ण पाँच सम्पदा तथा स्थानीय पुजारीका २४ घर क्षतिग्रस्त भएको थियो । त्यस क्षेत्रका पुनःनिर्माणका लागि रु एक करोड ७१ लाखको लागत अनुमान गरिएको छ । महासमितिले भूकम्पपछि त्यस क्षेत्रमा आउने बाह्य पर्यटकको सङ्ख्या घटेका कारण आम्दानी सङ्कलनमा पनि कमी आएको जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।