ह्याण्डबल संघले मानिस मर्दासमेत समवेदना प्रकट गरेन !

ह्याण्डबल संघले मानिस मर्दासमेत समवेदना प्रकट गरेन !
कपन अनलाइन  २०७२- २९ चैत
कपनमा स्थानीय राजनीति गर्ने धेरै नामहरु ह्याण्डबल संघमा आबद्ध छन् । पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी, पूर्व वडाध्यक्ष रामकृष्ण केसीदेखि काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, उपाध्यक्ष दामोदर भट्टराइसहित धेरै नामहरु कपनमा बसोबास गरे पनि ह्याण्डबल मैदानमा एक बालकको मृत्यूहँुदासमेत संवेदनाहिन देखिए ।
hand_Bal

ह्याण्डबलका नाममा सक्रिय मात्र हैन केन्द्रिय पदाधिकारीसमेत रहेका रामकृष्ण केसी र मिठाराम अधिकारीले कपन अनलाइनसँग आफ्नो कुनै जिम्मेवारी नभएको भन्न समेत भ्याए भने अहिलेसम्म उनीहरुले सार्वजनिकरुपमा कुनै समवेदना वा यसरी मृत्यू भैरहने अवस्था नरहन उपयोगी प्रकृया अपनाउने गतिबिधि देखाएका छैनन् ।

कपनको विकास आफूले नै गरेको भनेर पटक पटक दोहोर्याउने केसी र अधिकारीसहित जिल्ला ह्याण्डबल संघका पदाधिकारी पनि यो विषय चुपचाप छन् । जिल्ला ह्याण्डबल संघका ७५ प्रतिशत सदस्य कपन निवासी छन् ।खेलकुदसँग सम्बन्धित क्षेत्र भएकाले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र उपाध्यक्ष दामोदर भट्टराई पनि कपनमै बस्ने भएपनि उनीहरुले यो विषयलाई महत्व दिएनन् ।

ज्यामी काम गर्ने पिता तथा गलैँचा मजदुर माताका छोरा ५ वर्षीय सम्राट मगरको केही दिन अघि ह्याण्डबल मैदानसँगैको ढिस्कोबाट खसेको माटोले लागेर मृत्यू भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।