जोन चियरपर्सन लायन गंगालाल श्रेष्ठको डिस्ट्रिक गभर्नर्स सेकेन्ड एडभाइजरी कमिटि मिटिंग सम्पन्न
कपन अनलाइन
काठमाडौं, मंगसिर १२ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का जोन चियरपर्सन लायन गंगालाल श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक गभर्नर्स सेकेन्ड एडभाइजरी कमिटि मिटिंग सम्पन्न भएको छ।
बिहिबार नारायणटार स्थित माछापुच्छ्रे क्याफेमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङ रहेका थिए भने बिशेष अतिथिको रुपमा क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ माइ एल सी आइ चिफ लायन रमेश लामा ,टिम एरिया लिडर लायन महेश श्रेष्ठ, डिस्ट्रिकका सिनियर ए ओ जी लायन श्रीचन केसी, रिजन चियरपर्सन तुलसीराम ओली, एरिया कोर्डिनेटर लायन अच्युत बिष्ट, लियो टु लायन राकेश चक्रधर , एरिया टिम लिडर लायन संजय दाहाल, लगायत डिस्ट्रिक चियरपर्सन लायन ठण्ड राज ठकुरी राजन लगायत टिम एरिया II एरिया v रिजन xI जोन xxIII अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं उत्तर बहिनि, लायन्स क्लब अफ काठमाडौं ग्रिनहिल सिटी, ,लायन्स क्लब अफ काठमाडौं न्यु भिजन, लायन्स क्लब अफ काठमाडौं कोल्याबोरेटर , लायन्स क्लब बुढानिलकण्ठ मर्करी र लायन्स क्लब बुढानिलकण्ठ मोलिक्युल्स रहेको जोनका पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुले सहभागिता जनाएका थिए ।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब काठमाडौं ग्रिनहिल सिटीकी प्रेसिडेन्ट लायन रेखा पोखरेल चापागाईंले झण्डाको अभिवादन बाचन गरेकी थिइन ।कार्यक्रममा जोन चियर पर्सन एबम लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीका प्रेसिडेन्ट लायन गंगालाल श्रेष्ठले ले स्वागत मन्तब्य सहित लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीले हाल सम्म गरेका सामाजिक तथा मानवीय सेवाका कार्यको बिवरण प्रस्तुत गर्दै आगामी योजना समेत जानकारी गराएका थिए टिम एरिया II एरिया v रिजन xI जोन xxIII अन्तर्गत रहेका क्लबले हाल सम्म भए गरेका सामाजिक तथा मानवीय सेवाका कार्यहरुको बिवरण प्रस्तुत गर्दै आगामी कार्य योजना समेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ग्रिनहिल सिटीकी प्रेसिडेन्ट लायन रेखा पोखरेल चापागाईंलेको क्लबले हाल सम्म गरेका सामाजिक तथा मानवीय सेवाका कार्यको बिवरण प्रस्तुत गर्दै आगामी योजना समेत जानकारी गराएकी थिइन। कार्यक्रममा , एरिया टिम लिडर लायन संजय दाहाल, रिजन चियरपर्सन तुलसीराम ओली, टिम एरिया लिडर लायन महेश श्रेष्ठले अब्जर भेसन रिमार्क्स दिएका थिए भने लियो टु लायन राकेश चक्रधर माइ एल सी आइ चिफ लायन रमेश लामा, क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का सेकेन्ड भाइस डिस्ट्रिक लायन कर्म गुरुङले आयोजकलाइ धन्यवाद ब्यक्त गरेका थिए ।उनले डिस्ट्रिक गभर्नरले १५ लाख घण्टा सेवाको कार्य गर्ने योजना लाइ सफल बनाउनको लागि सबै जनाले साथ दिनुपर्नेमा जोड दिएका थिए।उनले मानवीय सेवामा जुट्न अनुरोध गर्दै कोरोना संक्रमितहरुको मनोबल बढाउने खालका क्रियाकलाप गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
मानवता हराउदै गएको आजको समयमा मानव सेवाका कार्य गर्दै समाजमा सकारात्मक संदेश दिनुपर्ने बताए । उनले समस्यामा परेकाहरुलाई लायन्स सदस्यहरुले खाद्यान्न लगायत,आर्थिक तथा भौतिक साधनको माध्यमबाट पुर्याउदै आएको सेवाकार्यलाई निरन्तरता दिनुपर्ने र आगामी दिनमा यसको अझ आवश्यकता पर्नसक्ने अवस्थालाई ध्यान दिई चनाखो हुनुपर्ने बिचार राखेका थिए ।
उनले शनिबार हुन गएको सेकेन्ड क्याबिनेट मिटिंगमा सहभागी हुनको लागि समेत अनुरोध गरेका थिए ।कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का सिनियर ए ओ जी लायन श्रीचन केसीले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा आयोजकको रुपमा लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी र सहआयोजकको रुपमा लायन्स क्लब अफ काठमाडौं ग्रीनहिल सिटी रहेका थिए।