भक्तजनहरुले बुढानिलकण्ठ नगरपालिकालाई टेरेनन्

कपन  अनलाइन

काठमाडौं ,मंसिर ११।

बुढानिलकण्ठ र अन्य क्षेत्रका भक्तजनहरुले बुढानिलकण्ठ नगरपालिकाको अनुरोधलाई बेवास्ता गरेका छन। विगतका वर्षहरुमा एकादशीको अवसर पारेर ठुलो मेला लाग्ने गरेको बुढानिलकण्ठ मन्दिरमा यस पटक कुनै पनि पुजा र दर्शन नहुने भनेर नगरपालिकाले सूचना जारी गरेपनि त्यसको व्यापक उल्लङ्घन भएको छ।

बुढानिलकण्ठ मन्दिर परिसरका सबै ढोकाहरु बन्द रहे पनि ठुलो शंख्यामा भक्तजनहरुले बाहिर सडक र भर्यांगमा नै पुजा आजा  गरिरहेका थिए भने उनीहरुले स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड अपनाएका थिएनन।

त्यस्तै नगरपालिकाले मन्दिरमा कुनैपनि मेला नलाग्ने हुनाले पसल तथा व्यवसायहरुलाई नखोल्न आग्रह गरेता पनि त्यसको व्यापक उल्लङ्घन भएको प्रस्ट देखिएको थियो।

स्वास्थ्य सुरक्षा लापरवाही गर्दै मन्दिर क्षेत्रमा आएका भक्तजनहरुलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परिरहेको देखिन्थ्यो भने मन्दिरका कुनै पनि आधिकारिक समिति र निकायका प्रतिनिधिहरुको उपस्थिति भने देखिदैनथ्यो।

 

 

 

तपाइँको प्रतिक्रिया ।