लायन्स क्लब अफ काठमाडौं आलौकिक र अल्पाइनको रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं मंगसिर ११। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं आलौकिक र लायन्स क्लब अफ काठमाडौं अल्पाइनले संयुक्त रुपमा आयोजित आकस्मिक रक्तदान तथा मधुमेह सचेतना सम्पन्न भएको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर मङ्सिर १० गते बुधबार नोभेम्बर २५ अर्थात् महिला हिँसा अन्त्य दिवसको अवसर पारेर नारायण गोपाल चोक भाटभटेनी सुपरमार्केटमा बिहान ११ बजे देखि सम्म सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरि सुरक्षित तवरले आयोजना गरिएको सो रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।
सोहि रक्तदान कार्यक्रममा विश्वविख्यात मोडल एवं वरिष्ठ पर्यटन व्यवसायी आङतेम्बा शेर्पाले समेत ५९औं पटक रक्तदान गरेका थिए ।करिब ४ महिनाको अन्तरालमा रक्तदानमा सहभागीता जनाउदै शेर्पाले आफुलाई रक्तदान कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लाग्ने गरेको बताएका छन । उनले रक्तदान जस्तो पुण्य काम जिबनमा अरू नभएको हुँदा आफु खुशी साथ यस्ता कार्यक्रममा सहभागी हुने गरेको प्रष्ट पारेका थिए । उनले खेर जाने रगतलाई दान गरेर कसैको जीवन बचाउने जस्तो पुण्य काम अरु नहुने भन्दै अरुलाई पनि रक्तदान गर्न अनुरोध गरेका छन ।
मधुमेहको क्षेत्रमा काम गरिरहेको लायन्स क्लबले विश्व मधुमेह दिवसको सन्धर्भ पारेर सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रम गर्दै आइरहेको त्यसैलाई मध्यनजर गर्दै सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं अलौकिक र अल्पाइनले काठमाडौं मेट्रो अस्पताल संगको सहकार्यमा सोहि दिन सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम संगै मधुमेह समेत परिक्षण गरेको लायन रेनुका श्रेष्ठले जानकारी गराइन।
उनले मधुमेह दिवसको अवसरमा डिस्ट्रिकले समेत मधुमेह सम्बन्धि समेत कार्यक्रम गर्न गरेको आव्हान अनुरुप सोहि दिन सोहि समयमा मधुमेह परिक्षणको साथै सचेतना कार्यक्रम समेत आयोजना गरिएको जस बाट करिब ९८ जनाले मधुमेह परिक्षण गरेको समेत श्रेष्ठले जानकारी गराइन ।उक्त कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, जी एम टि लायन धर्मशरण श्रेष्ठ, डिस्ट्रिक ब्लड चिफ लायन बिनोद श्रेष्ठ ,लायन राजनश्रेष्ठ, लायन भुवन पोखरेल ,लगायत दुवै क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।