Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/126350431_2729394080607946_1250747084383130197_o-e1606357003119.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका १ को बेरोजगारी बिवरण पेश गर्ने बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ,मंगसिर ११ । गोकर्णेश्वर नगरपालिका वडा नं १ ले बिवरण पेश गर्ने बारेको सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष राम मानन्धर   द्वारा जारी गरिएको उक्त सुचनामा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाडौंको चलानी नं  १३५  मिति २०७७ साल कार्तिक २८को पत्र बमोजिम रोजगारीको सम्भाव्यता अध्ययन प्रायोजनको लागि कोभिड १९ को कारण   भारत लगायत अन्य मुलुक बाट रोजगारी गुमाएका र अध्ययन गरि फर्किएका शिक्षित तथा दक्ष बेरोजगारहरुको(१९ वर्ष देखि ५९ वर्ष उमेर समुहका) नेपाली नागरिकहरुले बिवरण २०७७ साल मंगसिर १४ भित्र नगरपालिकाको कार्यालयमा   बिवरण भरि पठाउनु पर्ने भएकोले  गोकर्णेश्वर नगरपालिका वडा नं १  मा स्थायी रुपमा बसोबास गर्नुहुने बिदेश बाट फर्केका बिरोजगार (१९ वर्ष देखि ५९ वर्ष उमेर समुहका ब्यक्तिहरुले निम्न कागजात सहित  वडा कार्यालयमा निवेदन पेश गर्नको लागि अनुरोध गरिएको छ  ।

आवश्यक कागजात

१) नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि।

२ ) शैक्षिक प्रमाण पत्र  प्रतिलिपि

 २) स्थायी बसोबास गरेको देखिने कागजात वा बसाइ सराइ गरि आएको प्रमाण पत्रको प्रतिलिपि।

 ३) बैदेशिक यात्रासंग सम्बन्धित कागजातहरु ,बैदेशिक रोजगार गुमाएका ( बैदेशिक अध्ययन बाट फर्केकाहरुको हकमा)

तपाइँको प्रतिक्रिया ।