गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्रलाइ श्याम श्रेष्ठको आर्थिक सहयोग
कपन अनलाइन
काठमाडौं मंगसिर १० ।गोकर्णेश्वर नगरपालिका ४ राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले आइसोलेसन केन्द्रको रुपमा संचालन ल्याए संगै उक्त आईसोलेसन केन्द्र व्यवस्थापनका लागि लायन्स लिडर तथा सदस्यहरु सक्रिय भएका छन।
आइसोलेसन सेन्टरमा चार छाक खाना तथा सामान्य औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्दै आएको छ ।जसको दैनिक औसत खर्च कम्तिमा रू १५,००० (पन्ध्र हजार) लाग्ने अनुमान गरिएको हुँदा बिभिन्न लायन्स सदस्यहरुको साथै अन्य ब्यक्तिहरुले पनि मानवीय सेवाको लागि आर्थिक सहयोग गर्दै आएको छन । सोहि आइसोलेसन केन्द्रको लागि ह्याग्रिब भैरब बालुवा तथा ढुङ्गा प्रोशोधन केन्द्र गोकर्णेश्वर ३ का प्रोप्राइटर एबम राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका श्याम श्रेष्ठले नगद रु १५ हजार प्रदान गरेका छन ।
महामारीको बीच सुरक्षित एबम सतर्कताका साथ मानविय सेवामा जुट्दै आएको लायन्स सदस्यहरुले आइसोलेसन सेन्टरमा चार छाक खाना तथा सामान्य औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्दै आएको छ। हरेक लायन्स क्लब, लायन सदस्य, गैर लायन व्यक्तिहरु, सामाजिक संस्था, व्यापारिक संघ संस्था तथा ब्यक्तिले कम्तिमा एक वा एक भन्दा बढि दिनको खर्च प्रायोजन गर्ने वा गराउने पुनित पुनित कार्यमा हात बढाउने ह्याग्रिब भैरब बालुवा तथा ढुङ्गा प्रोशोधन केन्द्र गोकर्णेश्वर ३ का प्रोप्राइटर एबम राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका श्याम श्रेष्ठ लाइ लायन्स क्लब को तर्फ बाट आभार ब्यक्त गरिएको छ।
त्यसैगरि सोहि आइसोलेसन केन्द्र संचालनको लागि लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका चार्टर प्रेसिडेन्ट एबम हाल का चिफ ए ओ जी लायन बिष्णु भाइ श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं डाँफे परिवार लायन्स क्लब अफ काठमाडौं ग्लोबल परिवारका साथै लायन्स क्लब अफ काठमाडौं ग्रिन हिल सिटिपरिवार लगायतले पनि नगद रु १५ हजार सहयोग गरेका छन ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको हो।