तारकेश्वर -६ पुसलमा रहेको नारायणको प्राचिन मुर्ति चोरी भयो

कपन अनलाइन

काठमाडौं ,मंसिर ९।

तारकेश्वर नगरपालिका वडा नं ६ पुसलमा रहेको नारायणको मुर्ति चोरी भएको छ। तारकेश्वर नगरपालिकाको पुरानो सो नारायणको  मुर्ति गए राति चोरी भएको स्थानीयहरुले जानकारी दिएका छन।

तारकेश्वर नगरपालिकाको धर्मस्थली क्षेत्रमा रहेको सो मन्दिर पुरानो र सांस्कृतिक महत्व राख्ने धार्मिक सम्पदाका रुपमा रहेको छ।उक्त मन्दिरको प्राचिन महत्व राख्ने नारायणको मुर्ति चोरी भए संगै स्थानीयहरुले प्रहरी र वडा कार्यालयलाई जानकारी गराएका थिए।सो मुर्ति चोर्ने व्यक्तिहरुको खोजि भैरहेको प्रहरीले जानकारी दिएको छ ।   फोटो सौजन्य : सायर मर्दन बस्नेत

तपाइँको प्रतिक्रिया ।