बुढानिलकण्ठको महादेव खोला सरसफाई गरियो
कपन अनलाइन
काठमाडौं ,मंसिर ४ ।निशा बराल /सिरिष पौडेल
विश्व शौचालय दिवसको अवसर पारेर नेकपा बुढानिलकण्ठका स्वयंसेवक समुह र मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठ नगर कमिटीको संयुक्त आयोजनामा धार्मिक स्थल महादेव खोला सरसफाई सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेस सभा सदस्य तथा मदन भण्डारी फाउन्डेसन काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष दिपक निरौला ,नेकपा नगर कमिटी अध्यक्ष रबिन अधिकारी , सचिव प्रदिप डंगोल ,वडा नं १ का वडा अध्यक्ष सुरेन्द्र लामा , वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्का तथा वडा नं १ र २ का वडा सदस्यहरु, मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठका अध्यक्ष कैलाश खड्का,लगायत बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाका नियमित श्रम अभियान अन्तर्गतका नेकपा बुढानिलकण्ठ नगर कमिटिका स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १ र ३ को सिमानामा रहेको महादेव खोलाको अप्सरा घाट क्षेत्रमा श्रम अभियान अन्तर्गत सो सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो।
धार्मिक हिसाबले पनि महत्वपूर्ण स्थान यो स्थानमा दशैको एकादशी लगाएत विभिन्न पर्वहरुमा काठमाण्डौ उपत्यकाभरीका मानिसहरु आएर स्नान गर्ने प्रचलन छ ।
स्नान प्रचलन भएपनि उक्त स्थान निकै फोहोर भएर नुहाउने वातावरण नभएकाले सो प्रचलन हराउँदै गएकोमा सो परम्परालाई निरन्तरता दिने र धार्मिक स्थलको संरक्षण गर्ने उदेश्यले बुनपा वडा नं १ को पहलमा मर्मत संहार र सरसफाई गरेर यहि कार्तिक महिना बाट संचालनमा ल्याइएको थियो।