लायन्स क्लब अफ काठमाडौं जर्नीको आकस्मिक रक्तदान तथा मधुमेह सचेतना सम्पन्न
कपन अनलाइन
काठमाडौँ, कार्तिक २८ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नीले मितेरी महिला विकास समूह संगको सहकार्यमा आकस्मिक रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर कार्तिक २७ गते बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित भगवती मन्दिर परिसरमा बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरि सुरक्षित तवरले आयोजना भएको उक्त रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं जर्निकी प्रेसिडेन्ट लायन रोजिना बिष्ट (रोज)ले कपन अनलाइनलाइ जानकारी गराइन ।
मधुमेहको क्षेत्रमा काम गरिरहेको लायन्स क्लबले विश्व मधुमेह दिवसको सन्धर्भ पारेर सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ।त्यसैलाई मध्यनजर गर्दै सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं जर्नीले महिला विकास समूह संगको सहकार्यमा सोहि दिन सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रमको साथै मधुमेह परिक्षण समेत गरेको थियो जसमा २१५ जनाले मधुमेह परिक्षण गराएका थिए । सन्तुलित खानपानसँगैको विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या नेपालमा पनि बढ्दै गएको छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ ।मधुमेह दिवसको अवसरमा डिस्ट्रिकले समेत मधुमेह सम्बन्धि समेत कार्यक्रम गर्न गरेको आव्हान अनुरुप सोहि दिन सोहि समयमा मधुमेह परिक्षणको साथै सचेतना कार्यक्रम समेत आयोजना गरिएको क्लब प्रेसिडेन्ट बिष्टले जानकारी गराइन।
उक्त कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब ब्लड चिफ लायन बिनोद कुमार श्रेष्ठ,एरिया कोर्डिनेटर लायन अच्युत बिष्ट, इभेन्ट म्यानेजमेन्ट चिफ लायन जयराम बिष्ट, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो।