नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य विमल ठकुरी द्वारा छात्रवृत्ति प्रदान
कपन अनलाइन
काठमाडौं, कार्तिक २५। नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य एबम नेपाली कांग्रेसका महासमिति सदस्य विमल ठकुरीले छात्रवृत्ति प्रदान गरेका छन। गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी स्थित श्री बालसुधार माध्यमिक विद्यालयमा अध्ययनरत ५ जना बालबालिकाहरुलाई एक वर्ष सम्मको लागि लाग्ने सम्पूर्ण खर्च आफै बेहोर्ने गरि अभिभावकत्व ग्रहण गर्दै छात्रवृत्ति प्रदान गरेका हुन।
कोरोनाका कारण नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गर्दै आएका ठकुरीले बिपन्न बालबालिकाहरुको लागि छात्रवृत्ति प्रदान गरेका हुन् ।
सरकारले सरकारी बिध्यालयमा पढ्ने बिद्यार्थीहरुलाई निशुल्क शिक्षा प्रदान गर्दै आएको भए पनि शिक्षाको लागि आवश्यक अन्य सामग्री उपलब्ध नहुदा त्यस्ता बिद्यार्थीहरुले बिचमा नै पढाई छोड्ने प्रबित्ति देखिएको हुँदा त्यी बिद्यार्थीहरुलाई बिध्यालयमा टिकाइ राख्न र पठनपाठनमा सहयोग पुगोस भनेर छात्रवृत्ति प्रदान गरेको ठकुरीले बताए। उनले सो अभियानलाइ अन्य बिध्यालयमा पनि लाने योजना रहेको बताए।