आधुनिकतासँगै भित्रिएको प्रविधिले स्थानीय कला ,संस्कृति र परम्परामा पनि नकारात्मक असर परेको छ: कृष्ण राइ

आधुनिकतासँगै भित्रिएको प्रविधिले स्थानीय कला ,संस्कृति र परम्परामा पनि नकारात्मक असर परेको छ: कृष्ण राइ

कपन अनलाइन

काठमाडौं ,कार्तिक २३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ को ऐतिहासिक गाउ देशेमा नेवारी कला संस्कृति झल्कने खुल्ला  संग्राहलय निर्माणको लागि शिलान्यास गरिएको छ  शनिबार एक कार्यक्रमको बीच बागमती प्रदेशको भौतिक तथा पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले संग्राहलय निर्माणको लागि  शिलान्यास गरेका हुन।

वर्क इन टाइम कन्स्ट्रक्सनले  (मु, अ कर सहित)  ३३ लाख ३६ हजार ५ सय ८६ रुपैया ७१ पैसाको लागतमा निर्माण हुन लागेको सो संग्राहालय शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य  राख्दै प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइले ऐतिहासिक रुपमा  रहेको साबिक  गोकर्णेश्वर गाउ बिकास समिति आज सौभाग्यले नगरपालिकाको नामाकरणमा यसको नाम अगाडी आएको बताए।

नयाँ नयाँ प्रविधिको विकास सँगै लोप हुदै  जान थालेका पुराना  संस्कृतिहरू नयाँ पुस्तामाझ पुस्तान्तरण गर्नका लागि  नेवा संग्राहलयले सहयोग गर्ने बिस्वास ब्यक्त गरे । उनले तीन वटै सरकार संग समन्वय भएको हुँदा आर्थिक स्रोतको अभाब नहुने बताए ।उनले चुनाबमा उठ्दा आफुहरु कुनै पार्टीको प्रतिनिधि भए पनि चुनाब जितेर आएपछि आफुहरु पार्टीको नभई सबैको साझा भएको हुँदा पक्षपात नगरी  सांझा ढंगले काम गर्नुपर्ने दायित्व रहेको बताए ।

उनले चुनाबको बेलामा घोषणापत्र  मार्फत  जनता संग गरेका प्रतिबद्दताहरु कति पुरा भए कति पुरा भएनन भनेर खबरदारी गर्न पनि अनुरोध गरेका थिए । चुनाबमा गरेका बाचा बन्धन भुल्लान भनेर पार्टीले पनि सम्झाईरहने बताए। स्थानीय पार्टीका साथीभाईहरु संग पनि जोडिएर दिगो दुरगामी योजनाहरु बनाउन अनुरोध गरेका थिए।

एतिहासिक देशे गाउको सबै घरहरुको अगाडीको भाग पुरातात्विक बनाऊ भनेर पैसा छुट्याउदा पनि बिनियोजन गर्न नपाएको सुन्दा दुख लागेको भन्दै त्यसको लागि पहिला नै पुरातत्व संग छलफल गरेर योजना बनाएको भए त्यो खेर जादैनथ्यो यद्यपी नगरपालिकाको पैसा कहिँ नजाने बताए। उनले सबै घरमा एकै चोटी गर्न नसकिए पनि कति वटा घरलाई गर्न सकिन्छ कुन लाइनमा गर्ने पहिला त्यसको लागि योजना बनाउन पनि अनुरोध गरेका थिए ।

नेपालमा धेरै कुरा शिलान्यास हुन्छ उद्घाटन हुदैन पैसा त्यही डुबिरहेको हुँदा जनप्रतिनिधिहरुले केहि पनि नगरेको जस्तो हुने भन्दै शिलान्यास भएपछि त्यसको उद्घाटन हुनुपर्ने बताए । अहिले तीनतहकै सरकारको समन्वयमा काम  भए पनि त्यसलाई पुरा गरि  अझ अगाडी बढाउन प्रदेश सरकार बाट थप बजेटको व्यवस्था गर्ने काममा  भौतिक योजना तथा पूर्वाधार मन्त्रि रामेश्वर फुयाल लाग्ने बिश्वास ब्यक्त गरे । उनले संग्राहलय निर्माण पश्चात आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्ने  हुँदा सोहि अनुसार त्यहाको आर्थिक गतिबिधिमा  समेत वृद्धि भई रोजगारीको सृजना समेत हुने बताए ।

आधुनिकतासँगै भित्रिएको प्रविधिले नेवार समुदायको कला, संस्कृति र परम्परामा पनि नकारात्मक असर पारेको  बताए । उनले पुराना लिपि समेत लोप हुदै गएको अवस्थामा रञ्जना लिपी बचाउन सके भाषाको संरक्षण पनि हुने उनले  बताए । उनले त्यता तर्फ समेत ध्यान दिन अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।