लायन्स क्लब अफ काठमाडौं दर्पणको रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,कार्तिक २३ । सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तरगतको लायन्स क्लब अफ काठमाडौं दर्पणले बृहत रक्तदान कार्यक्रमको साथै मधुमेह सचेतना का साथै परिक्षण सम्पन्न गरेको छ ।
नियो निम्बस बचत तथा तथा ऋण सहकारी संस्था कागेश्वरी मनोहरा नगरपालिका ६ संगको सहकार्यमा कार्तिक २२ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ७ शिव चोक स्थित डुकु कम्प्लेक्समा बिहान १० बजे देखि दिउसो २ बजे सम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित तवर बाट आयोजना भएको सो रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको एरिया कोर्डिनेटर लायन अच्युत बिष्टले कपन अनलाइनलाइ जानकारी गराए।
त्यसै गरि उनले सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम तथा मधुमेह परिक्षण समेत गरेको छ, जसमा २०५ जनाले मधुमेह परिक्षण गरेको समेत जानकारी गराए । सन्तुलित खानपानसँगैको विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या नेपालमा पनि बढ्दै गएको छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ ।नेपालमा पनि बिभिन्न कार्यक्रम गरि उक्त दिवस मनाउने गरिन्छ। विश्व मधुमेह दिवसको पुर्व सन्ध्यामा लायन्स क्लब अफ काठमाडौं दर्पणले मधुमेह सचेतना तथा परिक्षण गरेको हो उनले भने। लायन्स क्लबले मधुमेहको क्षेत्रमा पनि काम गर्दै आएको छ।
सो कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ , पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी, क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, जी एम टि लायन धर्मशरण श्रेष्ठ, जोन चियर पर्सन लायन गङ्गालाल श्रेष्ठ , इभेन्ट ,म्यानेजमेन्ट चिफ लायन जयराम बिष्ट , लायन ठण्ड राज ठकुरी,क्लब प्रेसिडेन्ट सिडेन्ट लायन हरिकृष्ण पुडासैनी ,लायन शोभा खत्री लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।