नेकपा बुढानिलकण्ठका वडा कमिटि गठनमा ढिलाई बारे के भन्छन नगर अध्यक्ष र सचिव ?

नेकपा बुढानिलकण्ठका वडा कमिटि गठनमा ढिलाई बारे के भन्छन नगर अध्यक्ष र सचिव ?

कपन अनलाइन

काठमाडौं ,कार्तिक २१।

नेकपा बुढानिलकण्ठका वडा कमिटी गठनमा ढिलाई भएको छ। नगर कमिटी गठन भएर सो अन्तर्गत रहेका १३ वटै वडा कमिटीमा अध्यक्ष र सचिव चयन भएको लामो समय वितिसक्दा पनि हाल सम्म वडा कमिटी गठन हुन् सकेका छैनन्। बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडा मध्ये केहि वडाहरुले मात्र सदस्यहरुको नामावली तयार पारेका छन भने धेरै वडाहरुले विभिन्न कारण देखाउदै ढिलाई गर्दै आएका छन।

नेकपा  बुढानिलकण्ठ नगर कमिटीका सदस्यहरुले सपथ खाएर गत आश्विन २४ गते पहिलो बैठक गर्ने घोषणा गरेका अध्यक्ष रबिन अधिकारी कन्ट्रयाक्ट ट्रेसिंगमा परे संगै स्थगित भएको थियो भने वडा कमिटीहरुलाई आफ्नो वडाको आवस्यकता र वर्तमान परिस्थितिको मागलाई सम्बोधन गर्दै सदस्य सिफारिस गर्न दिएको निर्देशन पनि पूर्ण रुपमा कार्यान्वयन हुन् सकेको छैन।

गत स्थानीय निर्वाचनमा सानदार विजय प्राप्त गरेको  बुढानिलकण्ठमा कमिटीहरुले पूर्णता नपाउंदा संगठन निर्माण र परिचालनमा निकै समस्या पर्नुका साथै जनप्रतिनिधिहरुलाई सहयोग र सचेत गराउने काममा पनि अशर पुगेको वडाका पदाधिकारी समेत रहेका एक जनप्रतिनिधिले कपन अनलाइनलाई बताए।

लामो समय देखि पार्टीको काममा सक्रिय बन्न नपाउंदा धेरै नेता कार्यकर्ताहरुमा निराशा छाएको र यसले आन्तरिक गुटबन्दी र विभिन्न दृश्य अदृश्य समूहको  स्वार्थसिद्धिमा सहयोग पुगेको वडाका एक पदाधिकारीले बताएका छन। यसरी लामो समय सम्म निर्णय गर्न नसक्दा विभिन्न किसिमका दवाव ,प्रभाव ,आग्रह र पूर्वाग्रहको सिकार हुनुपरेको भन्दै उनले प्रस्ट विधि ,नीति र मापदण्ड तयार भए सहज हुने धारणा राखेका छन।

यस सम्बन्धमा कपन अनलाइनले जिज्ञाशा राख्दा नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले आफु चाडै संगठन निर्माणलाई पूर्णता दिएर अभियानमा लाग्ने तयारीमा रहेको बताउदै वडा कमिटी गठन गर्दा सम्बन्धित वडाका अध्यक्ष र सचिवलाई आवस्यकता र औचित्यका आधारमा नाम सिफारिस गर्न निर्देशन दिएको जानकारी दिएका छन।

आफु समग्र नेकपा बुढानिलकण्ठको अध्यक्ष रहेको भन्दै अधिकारीले पुर्व वा तत्कालिन समुह वा पार्टीका नाममा नखुम्चिने र वडा कमिटीहरुले पनि यही धारणालाई आत्मसाथ गर्नुपर्ने बताएका छन। अवको नेकपा बुढानिलकण्ठ र यसका वडा कमिटीहरुमा शंख्यात्मक जोड घटाउका खेल भन्दा पनि गुणात्मक,परिणाममुखी र क्रियाशील नेता तथा कार्यकर्ताको सहभागितालाई आफुले सधै प्रमुख प्राथमिकतामा राख्ने बताउदै अफ्ट्यारो अवस्था परेको खण्डमा सहजीकरणका लागि नगर कमिटी तयार रहेको बताएका छन। तर अवको दिनमा कुनै पनि बहाना वा कारण देखाउदै संगठनलाई पूर्णता दिने काम रोक्न नदिने बताउदै अध्यक्ष अधिकारीले तिहार पछी विशेष अभियानको तयारीमा लागेको जानकारी दिएका  छन।

त्यस्तै नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोलले वडा कमिटीहरुको गठन तथा परिचालनमा जिल्ला कमिटी तथा नगर कमिटी सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताउदै गत भाद्र महिनामा काठमाडौं जिल्ला कमिटिको सर्कुलरको निर्देशन अनुसार भूमिका निर्वाह गर्नका लागि अनुरोध गरेका छन।

बुढानिलकण्ठ नगरपालिका बाट नेकपाको केन्द्र ,प्रदेस ,जिल्ला र नगर कमिटीका जिम्मेवार नेताहरुको सहभागिता र सहजीकरणमा वडा कमिटीहरुले आफ्नो संगठनलाई पूर्णता दिन सक्ने बताउदै सचिव डंगोलले पुर्व,तत्कालिन,समुह,गुट र निहित स्वार्थ जस्ता अवरोध परास्त गर्दै श्रम र संगठनमुखी  रचनात्मक अभियानमा लाग्ने तयारीमा रहेको जानकारी दिएका छन।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा स्वयंसेवक समुह निर्माण गरेर जनमुखी कामको सकारात्मक संकेत दिएको नेकपा बुढानिलकण्ठले मातहतका कमिटीहरुलाई पूर्णता दिन कुनै पनि बहानामा ढिलाई गर्नु नहुने बताउदै नगरपालिकाका एक बुद्दिजिविले समुहगत कोटा भन्दा पनि इतिहास ,निरन्तरता ,क्रियाशीलता र विगतका भूमिकाको आधारमा जिम्मेवारी दिन सकेमा उत्तम हुने धारणा राखेका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।