गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्रलाइ लायन्स क्लब अफ काठमाडौं बुढानिलकण्ठ नेवा: पुच:को सहयोग

गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्रलाइ लायन्स क्लब अफ काठमाडौं बुढानिलकण्ठ नेवा: पुच:को सहयोग

कपन अनलाइन

काठमाडौं, कार्तिक १९ । गोकर्णेश्वर नगरपालिका ४ राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले  आइसोलेसन केन्द्रको रुपमा  संचालन ल्याए संगै उक्त आईसोलेसन केन्द्र व्यवस्थापनका लागि लायन्स लिडर तथा सदस्यहरु सक्रिय भएका छन।

आइसोलेसन सेन्टरमा चार छाक खाना तथा सामान्य ‍औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्दै आएको छ ।जसको  दैनिक औसत खर्च कम्तिमा रू १५,००० (पन्ध्र हजार) लाग्ने अनुमान गरिएको  हुँदा बिभिन्न लायन्स सदस्य तथा लिडरहरुले मानवीय सेवाको लागि आर्थिक सहयोग गर्दै आएको छ ।

त्यसै क्रममा लायन्स क्लब अफ काठमाडौं  बुढानिलकण्ठ नेवा: पुच:ले  सो आइसोलेसन केन्द्र व्यवस्थापनको लागि रु १५ हजार आर्थिक सहयोग गरेका छन ।  आइसोलेसन केन्द्रमा नै पुगेर लायन्स क्लब अफ काठमाडौं  बुढानिलकण्ठ नेवा: पुच: का प्रेसिडेन्ट  लायन आयन श्रेष्ठले उक्त रकम लायन्स आइसोलेसन केन्द्रका संयोजक एबम पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाललाइ  हस्तान्तरण गरेका थिए ।सो कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर टंक बहादुर श्रेष्ठ  सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो  ।

कार्यक्रममा धन्यवादज्ञापन गर्दै लायन्स आइसोलेसन केन्द्रका संयोजक एबम पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवालले   महामारीको बीच सुरक्षित एबम सतर्कताका साथ मानविय सेवामा जुट्न समेत अनुरोध गर्दै आइसोलेसन सेन्टरमा चार छाक खाना तथा सामान्य ‍औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्ने र यसको दैनिक औसत खर्च कम्तिमा रू १५,००० (पन्ध्र हजार) लाग्ने अनुमान गरिएको उनले बताए । उनले सो को  लागि हरेक लायन्स क्लब, लायन सदस्य, गैर लायन व्यक्तिहरु, सामाजिक संस्था, व्यापारिक संघ संस्था तथा ब्यक्तिले कम्तिमा एक वा एक भन्दा बढि दिनको खर्च प्रायोजन गर्ने वा गराउने प्रयास गर्नेछन भन्ने बिस्वास लिएको भन्दै यस पुनित कार्यमा हात बढाउन सबैलाई उनले अनुरोध गर्दै सो पुण्य को काममा लायन्स क्लब अफ काठमाडौं बुढानिलकण्ठ नेवा: पुच:ले  गरेको सहयोग प्रति आभार ब्यक्त गरेका थिए ।

सो आइसोलेसन केन्द्रलाइ व्यवस्थित रुपले संचालन गर्नको लागि विभिन्न समिति तथा उपसमितिहरु मार्फत लायन्स सदस्यहरुले आफ्नो जिम्मेवारी निभाईरहेका छन ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन  गरेको हो।

तपाइँको प्रतिक्रिया ।