शुभप्रभात नेपालको रक्तदान कार्यक्रम

कपन अनलाइन३ मंंसिर, २०७१

कपनको शुभप्रभात नेपाल नामक संस्थाले मंसिर ६ गते शनिबार बिहान बृहत रक्तदान कार्यक्रमको अयोजना गर्ने भएको छ । संविधानसभाका  सभासद  गगन कुमार थापाको प्रुमख आतिथ्यतामा रक्तदान कार्यक्रम सञ्चालन हुन गइरहेको कार्यक्रम संयोजक बैकुण्ठ प्रसाद अधिकारीले कपन अनलाइनलाई बताए ।

रगतको अभावमा कोही पनि बिरामीको ज्यान नजाओस् भन्ने अभिप्रायले रेडक्रससँग समन्वय गरी रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको हो । शनिबार बिहान ११ बजेदेखि सुरु हुने रक्तदान कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवि लगायत कपन क्षेत्रका स्थानीयवासीहरूको उल्लेख्य सहभागिता हुने संस्थाका अधिकारीले बताए । पछिल्ला केही वर्षदेखि नियमितरूपमा रक्तदान कार्यक्रम गर्दै आएको यस संस्थाले कपनको बगलामुखी र सिद्धेश्वर मन्दिरमा सिलार बत्ति जडान जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ ।  रक्तदान सुकेधारामा अवस्थित प्रहरीबिट नजिक हुने बताइएको छ । संस्थाले विज्ञप्ति जारी गर्दै सबै महानुभावहरूलाई रक्तदान कार्यमा सहभागी हुन पनि अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।