एक वडा एक पार्क सहित खुल्ला ब्यायामशाला बनाउदै कागेश्वरी मनोहरा नगरपालिका

कपन अनलाइन

काठमाडौं, कार्तिक १७ ।कागेश्वरी मनोहरा नगरपालिकाले प्रत्येक वडामा शारीरिक व्यायाम स्थल  तथा पार्क निर्माणको कार्यलाइ अघि बढाएको छ ।सबै नागरिकहरुलाई स्वस्थ बनाउने उदेश्य सहित शारीरिक व्यायाम र खेलकुद मानव जीवनको अभिन्न अंग भएको हुँदा  १ वडा १ पार्क सहित खुल्ला  ब्यायाम स्थल बनाउन लागिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन   ।

 बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला  कागेश्वरी मनोहरा नगरपालिकाले नागरिकलाई स्वस्थ्य बनाउन पार्क सहित निशुल्क  खुल्ला व्यायामशाला निर्माणको काम सुरु गरेको हो।  जस अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ र ६ मा खुल्ला ब्यायामशालाको लागि आवश्यक सामग्री  समेत ल्याएको र केहि दिन भित्रमा नै  उक्त समान जडान गर्न लागिएको  नगर प्रमुख थापाले  जानकारी गराएका छन  । स्वस्थ्य नागरिक अभियान अन्तर्गत नगरपालिकाले  पार्क सहित  खुला व्यायामशालाका लागि योजना बनाएको हो , उनले भने ।

 

 

 

तपाइँको प्रतिक्रिया ।