सवारी ज्यान मुद्दाका अभियुक्त १६ वर्ष पछी तिनकुने बाट पक्राउ
कपन अनलाइन
काठमाडौं ,कार्तिक १७।
सवारी ज्यान मुद्दाका अभियुक्त १६ वर्ष पछी तिनकुने बाट पक्राउ परेका छन। २०६१ शाल बैशाख १३ गते १ वर्ष ११ महिना ७ दिन सजाय तोकिएका सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगडी नगरपालिका वडा नं ७ का हरि बहादुर श्रेष्ठलाई प्रहरीले सुविधानगर तिनकुने बाट पक्राउ गरेको हो।
हाल भक्तपुर कौशलटार बस्दै आएका ४९ वर्षीय श्रेष्ठलाई कार्तिक १६ गते बिहान प्रहरीले पक्राउ गरी जिल्ला अदालत सिन्धुपाल्चोक पठाएको जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।