काठमाडौं क्षेत्र नं ४-वडा नं ३० का योजना लिएर काठमाडौं महानगरपालिकामा डा.राजन भट्टराई
कपन अनलाइन
काठमाडौं ,कार्तिक १६।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ मा रहेको काठमाडौं महानगरपालिका वडा नं ३० का विभिन्न योजनाहरुका वारेमा काठमाडौं महानगर प्रमुख बिद्या सुन्दर शाक्य संग छलफल गरेका छन।
डा. भट्टराईको नेतृत्वमा नेकपा काठमाडौं जिल्ला कमिटि सचिवालय सदस्य तेज ढकाल, नेकपा कामपानगर सचिब रबिन्द्र श्रेष्ठ , मुरारीमोहन जोशि, सुरेन्द्र श्रेष्ठ र नवराज न्योैपाने सहितको टोलीले वडा नं ३० का धोवीधारामा पौराणिक ढुंगेधारा मर्मत ,कुमारी मार्ग देखि स्टार मल सम्मको बाटो निर्माण ,कुमारी मार्गमा ढल विस्तार ,डिल्ली बजार चारखाल भवन निर्माण ,महाकवी देवकोटा संग्रहालय ,भैरव मन्दिर परिसर व्यवस्थापन लगायतका योजनाहरुका वारेमा महानगर प्रमुख संग छलफल गरेर निर्माणका लागि तत्काल पहल गर्न आग्रह गरेको थियो।
महाकवी लक्ष्मी प्रसाद देवकोटा संग्रहालय र चारखाल भवन निर्माणका लागि संघीय सरकार संग डा. राजन भट्टराई पहल गर्ने वारे छलफल भएको बताउदै नेकपा जिल्ला सचिवालय सदस्य तेज ढकालले अन्य योजनालाई काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राख्ने जानकारी दिएका छन।
सो छलफलमा महत्वपूर्ण बौद्धिक अध्ययनको केन्द्रका रुपमा विकास हुने महाकवी लक्ष्मी प्रसाद देवकोटा संग्रहालयका लागि संघीय सरकारले बजेट व्यवस्थापन गरेको र त्यसमा थप सहयोगका लागि आफुले पहल गर्ने बताउदै डा.भट्टराईले अझ यो काठमाडौं क्षेत्र नं ४ मा रहनु क्षेत्रकै गौरव भएको धारणा व्यक्त गरेका थिए।त्यस्तै चारखाल भवन निर्माण टेण्डरको चरणमा रहेको जानकारी दिदै उनले वडा नं ३० मा दीर्घकालीन र ठुला योजना निर्माणका लागि पहल गर्न काठमाडौं महानगर प्रमुख शाक्य संग आग्रह गरेका थिए।