कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना परिक्षणका लागि स्वयम घोषणा फारम भर्नु पर्ने

कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना परिक्षणका लागि स्वयम घोषणा फारम भर्नु पर्ने

कपन अनलाइन

काठमाडौं, कार्तिक १४ ।कागेश्वरी मनोहरा नगरपालिकाले स्वयम् घोषणा फारम भर्ने सम्बन्धमा नगरप्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन।

  नेपाल सरकार, मन्त्रीपरिषदको  मिति २०७७/६/१९ को  निर्णयबमोजिम, कोरोना भाईरस (कोभिड १९)  संक्रमण उपचारको लागि अनुदान उपलब्ध गराउने सम्वन्धि (दोस्रो संसोधन) आदेश २०७७ अनुसार बिपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाड्गता, जेष्ठ नागरिक र अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मीहरू, सरसफाई कर्मचारीहरू, सुरक्षाकर्मीहरू लगाएत जोखिमक्षेत्रमा कार्यरत कर्मचारीहरूलाई काभिड १९ को निशुल्क परिक्षण र उपचार गर्न गराउनहुन भनी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयको मिति २०७७/७/३ को  परिपत्र अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको  मुलपानी नगरअस्पतालमा  पिसिआर परिक्षणको लागि स्वाब संकलन गर्न आउदा सम्बन्धित वडा बाट स्वयम घोषणा फाराम प्रमाणित गराई लिएर आउन उनले जानकारी गराएका छन  ।

तपाइँको प्रतिक्रिया ।