राखेपका नवनियुक्त सदस्यद्धय लाखे र श्रेष्ठ सम्मानित 

राखेपका नवनियुक्त सदस्यद्धय लाखे र श्रेष्ठ सम्मानित 
कपन अनलाइन
काठमाण्डौं, कार्तिक ६।
नेपाल सरकार मन्त्रीपरिषद्को असोज २९ गतेको निर्णण अनुसार राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त हुनु भएकोमा पुरेन्द्रविक्रम लाखे र सुवर्णाकेशरी श्रेष्ठलाई ललितपुर आईटिएफ तेक्वान्दोले बिहिवार सम्मान गरेको छ । महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले सदस्यद्धयलाई सम्मान गदै भने हाम्रो पालिकामा खेलाडी प्रतिभामा कुनै कमि छैन , यहाँ हरेक खेलका नेश्नल हिरो थुप्रै हुनुछन् ,केबल नेतृत्वको कमि थियो,मलाई बिश्वास छ अब त्यो पनि पुरा भएको छ ।
यहि माटोमा हुर्किएका अग्रज खेलाडीद्धयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्ति पाउनु भएको छ । म शुभकामना दिन चाहन्छु ,वहाँहरुको कार्यकालमा समग्र खेलकुदले अझ उचाई लिने छ । प्रमुख श्रेष्ठले अन्तर्राष्ट्रिय मापदण्डको कभर्डहल बनाउने आफ्नो सपना रहेको बताउदै भने कभर्डहल बनाउनु नगरपालीकै सान र प्रतिष्ठाको कुरा हो, सबै खर्च नगरपालिकाले गर्न सक्दैन यदपी हामी आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न कुनै कसर बाँकी राख्नेछैन् ।
सम्मानित भएका कराँतेका सातौ डान लाखेले आफुसँग लुभुको साईनोको प्रसंग उठाउदै भने २०४४ सालमा तौतारामा शुरु गरेको मर्सलआर्टले अहिले धेरै फड्को मारि सकेको छ । नेपालको यो धर्तिमा आकाशमा सुर्य उदाउनु अगाडि कुनै खेल हुन्छ भने त्यो मार्सलआर्ट नै हो । सम्मानित अर्का महिला सदस्य श्रेष्ठले कभर्डहल बनाउन लागि पर्ने बताईन् । कोरानाका कारण सामाजिक दूरी कायम गरि गरिएको बिजय दशमीको शुभकामना तथा सम्मान कार्यक्रममा आईटिएफका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,आईटिएफका प्रदेश ३ का अध्यक्ष उमेश राजथला,आयोजक ललितपुर आईटिएफका अध्यक्ष निलकुमार महर्जन,खेलाडी,प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।