Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/122281609_366390144609228_4468333102472192887_n-e1603338510470.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/121290005_10157657866188715_8914410082813522694_n-e1603338860930.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120755709_3660882267278302_6159067164470701042_n-1-e1603338640517.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/121496067_10157662220663715_20128242010007380_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/72228048_10156613162293715_4286638714462928896_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्रलाइ लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीको सहयोग

कपन अनलाइन

काठमाडौं, असोज ६ । गोकर्णेश्वर नगरपालिका द्वारा उपलब्ध गराइएको  राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वमा रहेको भवनलाइ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले  आइसोलेसन केन्द्रको रुपमा  संचालन ल्याए संगै उक्त आईसोलेसन केन्द्र व्यवस्थापनका लागि लायन्स लिडर तथा सदस्यहरु सक्रिय भएका छन।

आइसोलेसन सेन्टरमा चार छाक खाना तथा सामान्य ‍औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्दै आएको छ ।जसको  दैनिक औसत खर्च कम्तिमा रू १५,००० (पन्ध्र हजार) लाग्ने अनुमान गरिएको  हुँदा बिभिन्न लायन्स सदस्य तथा लिडरहरुले मनिबिया सेवाको लागि आर्थिक सहयोग गर्दै आएको छ । त्यसै क्रममा हिजो लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीले सो आइसोलेसन केन्द्र व्यवस्थापनको लागि रु १५ हजार आर्थिक सहयोग गरेका छन । उक्त रकम लायन्स आइसोलेसन केन्द्रका संयोजक एबम पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाललाइ  लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीका प्रेसिडेन्ट लायन राजकुमार भण्डारीले  हस्तान्तरण गरेका थिए ।

सो  कार्यक्रममा ग्लोबल एक्सन टिम लिडर लायन खगेन्द्र सिटौला,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ   क्याबिनेट ट्रेजजर लायन श्याम कुमार यादब , लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीका चार्टर प्रेसिडेन्ट लायन मधुसुदन सिग्देल, लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीका फर्स्ट भाइस प्रेसिडेन्ट लायन दिपेन्द्र डंगोल ,लायन  रेनुका श्रेष्ठ लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो  ।

कार्यक्रममा  धन्यबाद ज्ञापन गर्दै लायन्स आइसोलेसन केन्द्रका संयोजक एबम पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवालले   महामारीको बीच सुरक्षित एबम सतर्कताका साथ मानविय सेवामा जुट्न समेत अनुरोध गर्दै आइसोलेसन सेन्टरमा चार छाक खाना तथा सामान्य ‍औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्ने र यसको दैनिक औसत खर्च कम्तिमा रू १५,००० (पन्ध्र हजार) लाग्ने अनुमान गरिएको उनले बताए । उनले सो को  लागि हरेक लायन्स क्लब, लायन सदस्य, गैर लायन व्यक्तिहरु, सामाजिक संस्था, व्यापारिक संघ संस्था तथा ब्यक्तिले कम्तिमा एक वा एक भन्दा बढि दिनको खर्च प्रायोजन गर्ने वा गराउने प्रयास गर्नेछन भन्ने बिस्वास लिएको भन्दै यस पुनित कार्यमा हात बढाउन सबैलाई उनले अनुरोध गर्दै सो पुण्य को काममा लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीले गरेको सहयोग प्रति आभार ब्यक्त गरेका थिए ।

  सो आइसोलेसन केन्द्रलाइ व्यवस्थित रुपले संचालन गर्नको लागि विभिन्न समिति तथा उपसमितिहरु मार्फत लायन्स सदस्यहरुले आफ्नो जिम्मेवारी निभाईरहेका छन ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन  गरेको हो ।गोकर्णेश्वर नगरपालिकासँगको समन्वय तथा सुमेरू अस्पतालसँग सहकार्य गरेर  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आइसोलेसन सेन्टर स्थापना गरेको हो ।

केहि दिन अघि उक्त आइसोलेसन केन्द्रको ढल निकास मा समस्या आए पछि केहि दिनको लागि संक्रमित भर्ना रोकिएको थियो ।तत्काल लायन्स लिडर तथा सदस्यहरुको सक्रियतामा उक्त ढल निकास मर्मत गरि पुन भर्ना कार्य सुचारु भएको आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक माइ एल सी आइ / माइ लायन चिफ लायन रमेश लामा MJF ले कपन अनलाइन बताए ।

आइसोलेसन केन्द्रमा भर्ना हुन आवस्यक शर्तहरु  निम्न रहेको पनि बताए

१) काठमाडौं भ्यालीमा आफ्नै स्थायी घर नभइ सीमित कोठामा भाडामा बसिरहेको हुनु पर्ने

२) आफैले पैसा तिरेर होटेल वा अन्य स्थानमा पेड आइसोलेसनमा बस्न नसक्ने ब्यक्ति हुनु पर्ने

३) संक्रमित ब्यक्तिहरुमा कुनै प्रकारको लक्षण हरु हुन नहुने ( ज्वरो नभएको, अत्यधिक खोकी नलागेको, स्वास फेर्न समस्या नभएको र अन्य जटिल अवस्था नभएको )

४) संक्रमित सिफारिस कर्ता र संरक्षक अभिभावक स्वयं संक्रमितको परिचय पत्रको फोटोकपि, PCR रिपोर्टको फोटोकपि र तीन प्रति पासपोर्ट साइजको फोटो सहित उपस्थित हुनु पर्ने

५) भर्ना समय दिउसो ३:०० बजे देखि बेलुकी ५:०० सम्म भित्र आइसक्नु पर्ने ।

संक्रमित भर्ना सम्बन्धमा सम्पर्क ब्यक्ति :लायन उमेश ढुङ्गान सम्पर्क नं :९८४१४९११०४

तपाइँको प्रतिक्रिया ।