चम्पादेवी -७ मा खानेपानी पाइप वितरणमा लफडा ,वडा कार्यालयको बिज्ञप्तिमा गम्भीर आरोप

चम्पादेवी -७ मा खानेपानी पाइप वितरणमा लफडा ,वडा कार्यालयको बिज्ञप्तिमा गम्भीर आरोप

कपन अनलाइन

ओखलढुंगा,कार्तिक ६।

ओखलढुंगा जिल्ला  चम्पादेवी गाउँपालिका वडा नं  ७ मा खानेपानी पाइप वितरणमा लफडा सृजना भएको छ। वडा नं ७ का विभिन्न क्षेत्रमा रहेको खानेपानीको समस्या सामाधानका लागि ल्याइएको पाइप वितरणमा वडाको सहमति र संलग्नता विना नै वितरण गरेको भन्दै बिज्ञप्ति जारी गर्दै वडाले गम्भीर ध्यानानाकर्षण भएको जनाएको छ।

वडा नं ७ का अध्यक्ष सुरेस थापाले बिज्ञप्ति जारी गर्दै उपभोक्ता समितिको माग र वडा कार्यालयको सिफारिसको आधारमा वितरण गर्ने गरि गोदाम गरेर राखिएको पाइप वडालाई खबर नदिई वडा नं ८ का अध्यक्ष अजय लुइँटेलको नेतृत्वमा  आफ्ना मान्छेलाई वितरण गरेको भन्दै  कारवाहीको माग गरेका छन  ।

 

तपाइँको प्रतिक्रिया ।