नरहरीपुरका सोनिम र संजुलाई स्वर्ण

कपन अनलाइन

काठमाडौं ,कार्तिक ५।
नरहरीपुर कराते डोजो मच्छेगाउँका सोनिम मानन्धर पुरुष तर्फ र संजु देशार प्रथम जेकेए यु ¬१९ ई (अनलाईन) काता कम्पिटिशनमा स्वर्ण हात पारेका छन् ।
जुनियर कराते एकेडेमीको आयोजनामा भएको अनलाईन काता कम्पिटिशनमा सोनिमले २४.६ अंक हात पार्दै स्वर्ण जितेका थिए । खगेन्द्र चामलिङ्ग राई २४.२ अंकका साथ दोश्रो र २४ अंकका साथ रेहान जावेद तेश्रो भए ।
महिला तर्फ संजु देशारले २३.६ अंकका साथ स्वर्ण प्राप्त गरिन् । नरहरी पुरकी देशारले नेपालमा आयोजना भएको उपराष्ट्रपति कपमा काता र कुमुते दुवै तर्फ स्वर्ण हात पारेकी थिईन् । यस्तै उनले भारतको मुम्बईमा आयोजना भएको एशिया कपमा पनि कुमिते र काता दुवै तर्फ स्वर्ण हात पारेको नरहरीपुर डोजोका प्रमुख एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए । देशारले मिरा खातीलाई पछाडी पारेकी थिईन् । दोश्रो स्थानमा रहेकी खातीले २३.३ अंक प्राप्त गरेकी थिईन् । तेश्रो स्थानमा रहेकी बर्षा बुढामगरले २३.२ अंक प्राप्त गरिन् ।
पुरुष तर्फ नरहरीपुरका सत्कार घर्तीमगर र महिला तर्फ एलिना राई उदियमान खेलाडी घोषित भए ।
२८ सेप्टेम्बर देखि १० अक्टोबर सम्म भएको प्रतियोगिताको नतिजा ढिलोगरि मंगलबार राती प्राप्त भएको प्रशिक्षक मानन्धरले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।