ब्याडमिन्टन खेलाडी सीतालाई उपचार सहयोग
कपन अनलाइन
काठमाडौं ,कार्तिक ३।
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो ।
कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन ।
सीताको प्रशिक्षणका दौरान घुडामा चोट लागेको थियो । डा. सरोज राईको नेतृत्वमा उनको शल्यक्रिया पनि भइसकेको छ । सीतालाई आइतबार डिस्चार्ज पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।