टोखा नगरपालिकामा कोरोना सक्रिय संक्रमित सख्या ६०६ जना 

टोखा नगरपालिकामा कोरोना सक्रिय संक्रमित सख्या ६०६ जना 
कपन अनलाइन
काठमाडौं ,असोज २८/नविना श्रेष्ठ
टोखा नगरपालिकामा कोरोना संक्रमित सख्या ६०६ जना पुगेको छ। सकृय संक्रमित मध्ये होम आइसोलेसनमा ५२३ जना रहेको र अस्पतालमा ५९ जना रहेका छन्। भने २४ जना सम्पर्क विहिन भएका छन् ।
असोज २६ गते को वडा गत विवरण अनुसार संक्रमण भएका महिला सख्या २८ जना रहेको र पुरुष सख्या ५६ जना रहेका छन् भने होम आइसोलेसनमा ८८जना रहेका छन्। ५ जना अस्पतालमा रहेको र १ जना सम्पर्क विहिन भएका छन्। कोरोना भाइरस संक्रमित जम्मा सख्या ९४ जना पुगेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
CICT Team ले ९४ जना नयाँ संक्रमित हरुको case Investigation गरेको छ। हाल सम्म PCR परिक्षण गरिसकेका हरुको सख्या भने ५२४३ रहेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा १३ जना कोरोना सङ्क्रमित रहेका छन्।भने १० जना कोरोनालाई जितेर निको भइसकेका छन्।
तपाइँको प्रतिक्रिया ।