स्वास्थ्य सुरक्षा मापदण्ड पालनमा हेलचेक्र्याइँ नगर्न टोखा ५ का वडा अध्यक्ष जगन्नाथ ढकालको अनुरोध

स्वास्थ्य सुरक्षा मापदण्ड पालनमा हेलचेक्र्याइँ नगर्न टोखा ५ का वडा अध्यक्ष जगन्नाथ ढकालको अनुरोध

कपन अनलाइन

काठमाडौं,असोज २८ ।टोखा नगरपालिका लगायत देशभर कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा थप स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन टोखा नगरपालिका वडा नं५ का अध्यक्ष जगन्नाथ ढकाल ले वडा तथा नगरबासिहरुलाई अनुरोध गरेका छन। कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै उनले रहेको अवस्थामा हेलचेक्र्याइँ नगर्न उनले सबैलाई अनुरोध गरेका छन्। निषेधाज्ञा खुले संगै संक्रमण ब्यापक रुपमा फैलिएको भन्दै उनले मान्छेको आउजाउ बढे संगै संक्रमितको चाप पनि बढेको बताए।

टोखा नगरपालिकाले हप्ताको २ पटक केही लक्षण देखिएका नगरवासिको पि सि आर  परिक्षण गर्दै आएको जानकारी गराउदै  आफुले पनि  निरन्तर जनतालाई सु शुचित गर्ने र पोजेटिभ देखिएका विरामिहरु लाई फोन सम्पर्क  गरि शारिरिक अवस्था वुझ्ने र  आवश्यक सहयोग गर्दै  आएको बताए ।

उनले कोरोना संक्रमण एकदमै बढ्दै गइरहेको अवस्थामा सरकारको साथ साथै जनताको पनि केहि दायित्व हुने भन्दै संक्रमण हुन नदिनको लागि भनिएका उपाय पालना गर्नुपर्यो, कोरोनाले मलाई केहि गर्दैन वा यो भने जस्तो गम्भीर छैन भनेर मनलाग्दी गर्नु भएन उनले भने।

जिम्मेवार भएर मास्क लगाउन सामाजिक दुरी कायम गर्न अनुरोध गर्दै चाड बाड नजिकिदै छ, यो वर्ष थप जिम्मेवार भएर ठुलाबडा संग सके सम्म कम घुलमिल हुदै सामाजिक दुरी कायम गरि चाड बाड मनाउन पनि उनले अनुरोध गरेका छन।

नगरपालिकाले कोरोना रोकथामको अनेक प्रयास गर्दा पनि कोरोना संक्रमण बढिरहेको अवस्थामा आम नगरबासीलाई सचेत हुदै स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै जिम्मेवार नागरिकको दायित्व पुरा गर्न समेत अनुरोध गरेका छन ।”आगोको झिल्को सानो हुन्छ, तर त्यसले लिने रुप भयावहक र विनाशकारी हुन्छ” उनले भने । त्यसैगरी देशभित्र फैलिरहेको कोरानोको संक्रमण पनि आगोको झिल्को जस्तै हो  भन्दै उनले त्यो झिल्को निभाउन आम नागरिकले पनि सहयोग गर्नु पर्ने बताए।  उनले आफू बचेर समाजलाई बचाउन दायित्व र कर्तव्य सबैले पूरा गरे कोरोना संक्रमण फैलिनबाट रोक्न सकिन्छ  उनले भने ।

तपाइँको प्रतिक्रिया ।